हाप्किडो ग्राण्ड मास्टर नेपाल आउँदै, राष्ट्रियस्तरको सेमिनार पोखरामा

पोखरा स्पोर्टस । गण्डकी प्रदेशको पोखरामा आयोजना हुने सातौ राष्ट्रिय हाप्किडो प्रशिक्षक प्रशिक्षण तथा रेफ्रि सेमिनारमा ग्लोबल हाप्किडो एसोसीएसनका अध्यक्ष सिनीयर ग्रान्डमास्टर हि क्वान ली नेपाल आउने भएका छन् ।

अक्टोबर १४ देखि १६ सम्म हुने राष्ट्रियस्तरको सेमिनारमा ली विशेष अतिथीको रुपमा उपस्थित हुने छन् । नेपाल मार्शल आर्ट्स हाप्किडो संघको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् ।

संघ अध्यक्ष काली बहादुर घर्ती मगरले दिएको जानकारी अनुसार एक साता नेपाल बसाइको क्रममा लीले खेलकुदका विशिष्ट ब्यक्तिसँग पनि भेट गर्ने छन् । सेमिनार लीको मातहतमा हुने छ । सेमिनारमा उनले नेतृत्व क्षमता अभिबृद्धीका लागि प्रशिक्षण पनि दिने छन् ।

विश्वमा हाप्किडो खेलको विकास र बिस्तार तथा दिर्घकालीन लक्ष्य र उद्धेश्य बारे छलफल पनि हुने छ ।

ग्लोबल हाप्किडो एसोसीएसनको आयोजनमा अर्को बर्ष अमेरिकामा हुने विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालको सहभागिताका विषयमा पनि सो अबसरमा छलफल हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close