नवौ राष्ट्रिय खेलकुद : जुगाड गरेर ट्राइयाथलनका खेलाडी प्रशिक्षणमा

पोखरा स्पोर्टस/सुरज श्रेष्ठ । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको ट्राइयाथलन खेलको लागि गण्डकी प्रदेशका प्रशिक्षकले आवश्यक समाग्री जुगाड गरेर खेलाडीलाई प्रशिक्षण गराएको बताएका छन ।

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशका तर्फबाट दुआथलनमा एक महिला दुई पुरुष र ट्राइयाथलनमा एक महिला २ पुरुष गरि ६ जना खेलाडीले सहभागिता जनाउदै छन् ।

जसमा ट्राइयाथलनका लागि गण्डकी प्रदेशबाट जेसुदा राई, रमेश मगर, सुजन मगर छनोट भएका छन । त्यस्तै दुआथलनको लागि बिनोद सापकोटा, सुवास तामाङ र बिना पुनले प्रतिस्पर्धामा भाग लिनेछ ।

प्रशिक्षकको जिम्मा पाएका जगत ढोलीका अनुसार छनोट भएका खेलाडीलाई आवश्यक पर्ने सामाग्रीहरु खरिद गर्नको लागि कम्तिमा ६ लाख लाग्छ । तर अहिले सम्म रकम हात नपरेको उनले बताए । हाल उनले आफ्ना साथी भाई संग सहयोग मागेर प्रशिक्षणको सामाग्री जुवाड गरेका छन ।

राष्ट्रिय खेलकुद प्रतियोगितामा ट्राइयाथलन तर्फ खेलाडीले ७ सय ५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौडनुपर्दछ । त्यस्तै दुआथलन अन्तरगत ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र पुनः२.५ किलोमिटर दौडनपर्ने छ ।

सोही अनुसार खेलाडीहरुलाई प्रशिक्षण दिदैं गरेको व्यवस्थापक गोविन्द थापाले बताए । गण्डकी प्रदेशका ट्रायथोलन र दुआथलन लागि छनोट भएका खेलाडीहरुले स्विमिङ फेवा तालमा साइक्लिङ र रनिङ रंगशालामा गराइरहेको प्रशिक्षक ढोलीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close