मन्त्री श्रेष्ठद्वारा बहुउद्धेश्यिय कभर्ड हलको शिलन्यास

पोखरा स्पोर्टस । संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष माननिय जीवन राम श्रेष्ठले भुकम्प स्मृती बहुउद्धेश्यिय कभर्डहलको शनिबार शिलन्यास गरेका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको सहयोगमा निर्माण हुने कभर्डहल काठमाण्डौ महानगरपालिका १५ स्थित डल्लु आभाष क्षेत्रमा ६ रोपनी जग्गामा निर्माण हुने भएको छ । हलमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत ध्यान, योग, सेमिनार संचालन गर्न सकिने छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले नेपाल ओलम्पिक कमिटिको पहलमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको सहयोगमा बन्ने कभर्डहलले स्थानियस्तरमा खेलाडी उत्पादका साथै अन्य सभा सम्मेलन, ध्यान योगका कार्य गर्नलाई सहजता हुने बताए । उनले आफु ओलम्पिक कमिटिको महासचिव भएको बेलामा बनाएको योजना अहिले आएर कार्यान्वयन हुन लागेकोमा खुशी ब्यक्त गरे । उनले बाह्य संस्थाले सहयोग गरेता पनि यो स्थानियस्तरको सम्पत्ती भएको र स्थानियहरुले नै प्रयोग र संरक्षण गर्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले हल निर्माणले स्थानिय स्तरमा खेलाडी उत्पादनमा सहयोग पुग्ने बिश्वास ब्यक्त गरे ।

कार्यक्रममा वडा नं. १५ का वडा अध्यक्षले बन्न लागेको हलका बारेमा जनमानसमा आएका गुनासाहरुको निराकरण गर्ने क्रममा यो हल बाह्य संस्थाको लगानीमा बनेता पनि सम्पत्ती स्थानिय बासीकोनै हुने भन्दै त्यसमा कुनै शंका नगर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close