
पोखरा स्पोर्टस/सुरज श्रेष्ठ । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तरगतको बक्सिङ खेलमा उमेर हदबन्दी कायम गरिने भएको छ ।

गण्डकी प्रदेशको बक्सिङ खेलाडी छनोटमा प्रशिक्षक र जुरीले उमेरको हदबन्दी नराखी खेलाडी छनोट गरेका कुरा पहिलो पटक गण्डकी प्रदेश ‘खेलकुदमा लफडा, प्रदेश बक्सिङमा उमेर नपुगेका खेलाडीको नाम सिफारिस गर्ने तयारी’ शिर्षकमा पोखरा स्पोर्टसमा आएको समाचारले संघको ध्यानाकर्षण भएको पाइएको छ ।
नेपाल बक्सिङ संघ टेक्निकल एण्ड कम्पिटशन रुल्स २०२२ को एक्ट २.१.२ अनुसार बक्सिङ खेलाडीको उमेर १९–४० वर्ष उमेर सम्मको खेलाडीले मात्र सहभागी हुन पाउँछ ।
सोही नियम अनुसार नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा खेलाडीहरु सहभागी गराइदिन नेपाल बक्सिङ संघले ७ वटै प्रदेश र ३ विभागीय कल्बका प्रमुखलाई सम्बोधन गरेर पत्रचार गरको छ । नेपाल बक्सिङ संघका प्रवतmा श्याम काजी अवालेको हस्ताक्षर भएको संघको लेटर हेडमा भदौ २२ गते बुधबार विज्ञप्ती जारी गर्दे राष्ट्रिय तालिम तथा प्रशिक्षण विभाग र राष्ट्रिय खेलकुद परिषद, त्रिपुरेश्वर काठमाडौलाई बोधार्थ पठाएको छ ।
उमेर नपुगेको ७ जना खेलाडी सहभागी गराउने तयारी रहे पनि हामीलाई प्रमाण प्राप्त भएको उमेर हदबन्दी नपुगेको खेलाडीहरुमा उपास गुरुङ,मोनिमका राना र निर्तिक घर्ति मगर रहेका छन् । उनीहरु मध्येका उपास गुरुङको नागरिकतामा जन्ममिति २०६१ साउन ३० रहेको । मनोमिका रानाको २०६२ फागुन ०७ गते र निर्तिक घर्ति मगरको २०६२ जेठ २५ गते जन्ममिति रहेको पाएको थियो । उनीहरुको नागरिकतामा भएको जन्ममितिलाई आधार मान्ने हो भने उनीहरुले प्रतियोगितामा सहभागि हुन पाउदैनन् ।
कम उमेरका खेलाडी खेलाउन नपाए सहभागि हुँदैनौ : अध्यक्ष पाहारी
यस अघि गण्डकी प्रदेश बक्सिङ संघका अध्यक्ष एवम बक्सिङ खेलको छनोट समिति संयोजक राजेन्द्र पाहारीले उनले कम उमेरको खेलाडीहरु सहभागी गराउन नपाउने हो भने गण्डकी प्रदेशले सहभागीता नजनाउने कुरा बताएका थिए ।
उनका अनुसार उमेर हदबन्दी कायम गर्ने हो भने महिला खेलाडीहरु त झनै नपुग्ने बताएका छन । बक्सिङ संघले विज्ञप्ती निकालेको जानकारी भएको भन्दै अन्य प्रदेशमा पनि यो समस्या रहेको उल्लेख गरे । सबै प्रदेशमा सोही बमोजिम सहमति गराउने प्रयासरत भएको समेत उनले खुलाए ।
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज गुरुङले नियमतः उमेरको हदबन्दी कायम गरिने जनाए ।
यदि कम उमेरका खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराउँदा त्यो बाट कुनै अप्रिय घटना घटे त्यसको जिम्मेवार को ? यस्तो प्रकृतीको घटना नेपालमा पहिला पनि घटि सकेको हुनाले यसमा सबै सबै सचेत हुन पर्ने खेल विज्ञहरुको भनाई छ ।
गण्डकी प्रदेशबाट सहभागीता जनाउन लागेका नवलपुरका उपास गुरुङ बन्टम वेट पुरुष तर्फ ५४ केजी तौलमा प्रथम र बाग्लुङका निर्तिक घर्तिमगर दोस्रो भएका थिए । कास्कीका मनोमिका राना फलाई वेट ५२ केजी महिला तर्फ प्रथम भएका थिइन ।
प्रदेश छनोटमा नाम पुगेका विभिन्न तौल समुहका खेलाडीहरु
नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि विभिन्न तौल समुहमा गण्डकी प्रदेशले पुरुष ४८ केजी तौलमा कास्कीका दर्शन गुरुङ,तनहुँका साहिल सुवेदी,५१ केजी तौलमा तनहुँका विपिन गुरुङ,कास्कीका सुलेमान मियाँ,५४ केजी तौलमा नवलपुरका उपहास गुरुङ,बाग्लुङका निर्तिक घर्ति मगर,कास्कीका सरोज बिकको नाम सार्वजनिक गर्ने तयारीमा रहेको छन ।
त्यस्तै ५७ केजी तौलमा गार्खाका बुद्ध ग्याम्जा लामा,स्याङजाका शंकर खनाल,तनहुँका पुर्ण बहादुर गुरुङ,बाग्लुङका भुषण दियाली,६० केजी तौलमा नवलपुरका निश्चल गुरुङ, बाग्लुङका सुरेश कुमार भण्डारी,कास्कीका सौगात कुमाल छनोटमा परेका छन ।
त्यस्तै ६३ केजी तौलमा कास्कीका सागर परियार,नवलपुरका सुवाष लाउद,६७ केजी तौलमा नवलपुरका सफल गाहा मगर,तनहुँका मिलन राना मगर,७१ केजी तौलमा नवलपुरका निसान गुरुङ,तनहुँका राम बहादुर गर्बुजा,गोर्खाका सुजन थापा,कास्कीका कुशल कुमाल छनोट भएका छन ।
त्यस्तै ७५ केजी तौलमा कास्कीका मनिष बिसी, ८० केजी तौलमा कास्कीका सरोज तमाङ्ग, ८६ केजी तौलमा नवलपुरका किरण बिक, कास्कीका आयुष थापा, ९२ केजी तौलमा कास्कीका मुन्ना गुरुङ, आयुष लालचन,९२ केजी तौल माथि वेटमा कास्कीका दिपेन लामाको नाम आएको छ ।
महिला तर्फको बक्सिङको ४८ केजी तौलमा कास्कीका रमिसा श्रेष्ठ, बाग्लुङका यमिका गुरुङ, ५० केजी तौलमा कास्कीका सोनिया, बाग्लुङका निता राई, ५२ केजी तौलमा कास्कीका मोनमिका राना, बाग्लुङका अस्मिता थापा, ५४ केजी तौलमा म्याग्दीका एलिना गर्बुजा, कास्कीका सीमा गुरुङ, ५७ केजी तौलमा कास्कीका प्रियंका गुरुङमा छनोट भएकी छिन ।
त्यस्तै ६० केजी तौलमा कास्कीका जोसिना श्रेष्ठ, ७५ केजी तौलमा कास्कीका अस्मिता बस्नेतको नाम बक्सिङ संघले प्रदेशलाई बुझाएको छ ।
