नेपाली बक्सर भुपेन्द्र जर्मनीका गोक्दुमान संग पराजित

पोखरा स्पोर्टस । नेपाली बक्सर भूपेन्द्र थापा जर्मनीका गोक्दुमान देवरामसंग राजित भएका छन् ।

अन्तर्राष्ट्रिय बक्सिङ्ग संघ आईबिएको आयोजनामा उज्वेकिस्तानको राजधानी तास्कान शहरमा २०२३ को अप्रिल ३० देखि मे १४ तारिख सम्म हुन गईरहेको आईबिए मेन्स विश्व बक्सिङ्ग च्याम्पियनसिपमा पराजित भएका हुन् ।

नेपाली बक्सर भुपेन्द्र ४ः१ अंकको आधारमा हार ब्यहोरेका छन् । जर्मनी मुक्केबाजसंग राम्रो खेल प्रदर्शन गर्दै ४ः१ (स्प्लिट) अंकमा पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जानकारी दिएका छन् ।

नेपाली मुक्केबाज थापाले ६०-६३.५ किलो तौल समुहमा जर्मनीका मुक्बेबाज जर्मनीका गोक्दुमान देवरामसंग मे ०२ तारिखमा नेपाली समय अनुसार दिउँसो १ बजे राउण्ड ६४ अन्तर्गत पाँचौ नम्बर बाउट ४६ प्रतिस्पर्धा गरेका थिए । भुपेन्द्र १३ औं सागका स्वर्ण पदक विजिता खेलाडी हुन् ।

४८ केजी तौल समुहमा प्रतिस्पर्धा गर्न नेपाली मुक्केबाज रविन थापा पनि सो स्थानमा पुगेका छन् । रविन थापाले उज्वेकिस्तानी बक्सरसंग मे ४ तारिखमा प्रतिस्पर्धा गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close