नेपाल भूतपूर्व खेलाडी मञ्चका कार्यसमिति सदस्य पोखरेललाई पितृ शोक

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका कार्यसमिति सदस्य तथा पूर्व अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी हरिश्वर पोखरेललाई पितृ शोक परेको छ ।

नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा नेपाल लोकतान्त्रिक खेलकुद संघका गण्डकी प्रदेश अध्यक्ष समेत रहेका उहाँको पिता विन्ध्यश्वर पोखरेलको ९० वर्षको उमेरमा स्वर्गारोहण भएको हो ।

पोखरा १४ स्थित आफ्नै निवासका उहाँको निधन भएको र आज नै वाच्छे वुडुवा घाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । उहाँको  श्रीमती र तिन छोरा रहेका छन् ।

उहाँको निधनमा मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close