
पोखरा स्पोर्टस/सुरज श्रेष्ठ । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुने दिन नजिकिदै गर्दा सचिवालयमा मा्न्छेको आवतजावतले कामको चापाचाप हुन पर्ने हो । तर पोखरा रंगशालामा भदौ ५ गते औपचारिक रुपमैे उद्धघाटन भएको सचिवालयमा खासै त्यस्तोे देखिदैन । दुई साता अघि नवौं राष्ट्रिय खेलकुदका लागि तामझामका साथ बहुउद्धेश्यिय कभर्डहलको पहिलो तलामा खोलिएको सचिवालयको ढोका त्यस पछि खुलेको छैन । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को सचिवालय झिलिमिली हुनुपर्ने हो तर यहाँ अन्धकार छ । न त सचिवालय खुल्छ । न त सचिवालयमा कर्मचारी नै हुन्छन् ।

राष्ट्रिय खेलकुद परिषद अन्तरगत रहेको हुनाले पोखरा रंगशाला पनि केन्द्रबाट नै संचालन भई रहेको छ । त्यती मात्रै होइन वहुउद्धेश्यिय कभर्ड हलका लागि आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ का लागि कुर्ची, साउण्ड सिष्टेमका लागि लगातार दुई वर्ष ५/५ करोड राखेपले विनियोजन गर्यो । तर राखेपको आफ्नै हेल्चेक्रयाइले दुई वर्षको बजेट फिर्ता हुन पुग्यो । अहिले कभर्ड हलमा न कुर्ची छ न त साउण्ड सिष्टेम ! हल भित्र कुनै कार्यक्रम गर्दा समेत आवाज ‘इको’ हुँदा बोलेको वुझ्न समेत मुस्किल हुन्छ ।
करिव १५ करोड लागतमा बनेको नेपालकै सुविधा सम्पन्न र नेपालकै ठूलो पोखरा रंगशाला भित्रको कभर्डहलमा अहिले विद्युत छैन । उक्त कभर्डहल भित्र मिडिया सेन्टर, विभिन्न खेल संघको कार्यालय पनि छन् । विद्युत लाइन नहुदाँ त्यहाँ रहेका संस्थाहरुलाई दैनिक कार्य गर्न कठिनाई भएको अग्रज फोटो पत्रकार सुर्दशन रन्जितले बताए ।
प्राय जसो रंगशाला भित्रको गतिविधि क्यामारामा कैद गर्ने रन्जित छिटो छरितो समाचारको लागि कभर्डहल भित्रको मिडिया सेन्टरबाट आफ्नो काम निम्टाउने गर्थे । तर त्यहाँ विद्युत नहुदाँ उनलाई काम गर्न कठिनाई भएको छ । उनी प्रतिनिधि पात्र हुन । उनी जस्तै धेरैलाई विद्युत लाइन नहुदाँ काम गर्न कठिनाई भएको छ ।
कभर्डहलमा कसरी अवरुद्ध भयो विद्युत आपूर्ती
गएको असार २६ गते हक्की खेलको राष्ट्रिय प्रतियोगिता कभर्डहल भित्र संचालन भई रहेको थियो । सोही समय त्यहाँ विद्युत लाइन सट हुन पुग्यो । विद्युत सट मात्र भएन आगो नै लाग्यो । आगोलाई बेलैमा नियन्त्रणमा लिएकोले कुनै मानविय क्षति हुन पाएन । मानविय क्षति नभए पनि ३९ वर्ष पछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको खेलकुदको पर्वको होस्ट जिल्लामा भएको कभर्डहल भित्र विद्युत लाइन नबन्दा कतै नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न गण्डकी प्रदेश अहिले सक्षम थिएन कि ? भन्ने सोच्न बाध्य बनाएको छ ।
पोखरा रंगशाला भित्र रहेको कभर्डहलमा राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न मिल्ने गरि त्यसको फाउन्डेसन तयार गरिएको छ । त्यहाँ राष्ट्रिय स्तरका इन्डोर खेलका प्रतियोगिताहरु पनि सम्पन्न भई सकेका छन् । तर त्यहाँको व्यवस्थापन चुस्त नहुँदा करौडौंको लागतमा बनेको भौतिक संरचना केहि वर्ष पछि कामै नलाग्ने अवस्थामा पुग्ने हो कि भन्ने चिन्ता खेलाडी र खेल प्रेमीलाई परेको छ ।
पोखरा रंगशाला भित्र रहेको कभर्डहल लगायत सबै भौतिक संरचनाको स्वामित्व राष्ट्रिय खेलकुद परिषद अन्तरगतको पश्मिाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको मातहातमा रहेको छ ।
विकास समितिको स्वामित्वमा रहेको भौतिक संरचनाको रेखदेख गर्ने जिम्मेवारी पनि त्यही समितिको हुन्छ । राष्ट्रिय खेलकुद परिषद अन्तरगत रहेको हुनाले पोखरा रंगशाला पनि केन्द्रबाट नै संचालन भई रहेको छ । त्यती मात्रै होइन वहुउद्धेश्यिय कभर्ड हलका लागि आर्थिक वर्ष २०७७/०७८ र २०७८/०७९ का लागि कुर्ची, साउण्ड सिष्टेमका लागि लगातार दुई वर्ष ५/५ करोड राखेपले विनियोजन गर्यो । तर राखेपको आफ्नै हेलच्याक्राइले दुई वर्षको बजेट फिर्ता हुन पुग्यो । अहिले कभर्ड हलमा न कुर्ची छ न त साउण्ड सिष्टेम ! हल भित्र कुनै कार्यक्रम गर्दा समेत आवाज ‘इको’ हुँदा बोलेको वुझ्न समेत मुस्किल हुन्छ । पश्मिाञ्चल क्षेत्रिय खेलकुद विकास समितिको बैक खातामा विगत २ वर्ष देखि कारोबार नै नभएको त्यहाँका एक कर्मचारीले बताए । हाल कर्मचारीको तलब केन्द्रबाट व्यक्तिगत बैक खातामा आउने गरेको छ ।
‘असारमा विद्युत लाइन सट हुने वित्तिकै केन्द्रमा जानकारी गराएको हौ । त्यहाँबाट मर्मतको लागि १० लाखको कोटेसन तयार पनि भएको थियो । तर समयमा काम नवन्दा कसले गएर मेन स्विच अन गर्दिएछ । बोर्ड प्यानल नै गयो । जसको लागि थप ३ लाख आर्थिक भार थपियो’, क्षेत्रिय खेलकुदका एक कर्मचारीले भने ।
‘देश संघियतामा गए पछि पनि क्षेत्रिय खेलकुद विकास समिति किन ? त्यहाँ भएका कर्मचारीलाई कतै स्थान्तरण गरिनु पर्छ र प्रदेशलाई यसको स्वामित्व हस्तान्तरण गरिनु पर्छ’, वरिष्ठ फोटो पत्रकार रन्जितले भने । उनका भनाईलाई आधार मान्ने हो भने नवौ राष्ट्रिय खेलकुद आयोजनाको लागि यहाँको प्रदेश खेलकुद परिषद, प्रदेश सरकार र आयोजक महानगरपालिकाको संमन्वय राम्रो हुन सकेको छैन । ‘जसको कारण नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता सोचे अनुसार नहुने पो हो कि?’, उनले चिन्ता व्यक्त गरे ।
