प्रदेश खेलकुद प्रतियोगिता : फुटबलतर्फ नवलपुर र स्याङजा टिम च्याम्पियन

पोखरा स्पोर्टस/सुरज श्रेष्ठ । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश स्तरिय महिला फुटबलमा स्याङ्गजा र पुरुष फुटबल तर्फ नवलपुर टिम चयम्पियन भएका छन् ।

पोखरा रंगशालाको बि ग्राउन्डमा शनिबार सम्पन्न भएको खेलमा कास्कीलाई शुन्यको विरुद्ध ५ गोल गर्दे स्याङ्गजाले जित निकालेको हो । स्याङ्गजाको जितमा पुष्पा गुरुङले खेलको १२ औ मिनेटमा गोलको खाता खोलेकी थिइन । त्यस्तै खेलको २२ औ मिनेटमा टीम क्याप्टेन शुष्मा जिटीले गोल गर्दे गोल संख्या दोब्वर बनाएकी थिइन ।

खेल अवधीभर कास्की माथि हावी भएको प्रतियोगितको ३९ र ४० औ मिनेटमा शुक्रिया मियाँले २ गोल गरेकी थिइन । त्यस्तै खेलको ४८ औ मिनेटमा पुष्पा गुरुङले आफ्नो टीमको लािग अर्को १ गोल थप्दै जित सुनिश्चित गरेकी थिइन ।

बिजयी खेलाडीहरुलाई एक कार्यक्रम बिच ट्रफी,मेडल र प्रमाणपत्र वितरण गरिएको कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्जवल रन्जितले बताए ।

बिजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्दे उक्त कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य दिल बहादुर गुरुङले भोलि बेलुकी सम्म नवौ राष्ट्रिय प्रतियोगितमा सहभागी हुने गण्डकी प्रदेशको फुटबल खेलाडीहरुको अन्तिम नामवली प्रकाशन गरिने बताए ।

त्यसको लागि प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज गुरुङको संयोजकत्वमा ५ सदस्य कोर टीम बनाएको गुरुङले जनाए ।

पुरुष फुटबलमा नवलपुरको जित
पोखरा रंगशालामा शनिबार सम्पन्न भएको पुरुष फुटबलमा लमजुङ्ग  विरुद्ध १–०  गोलले नवलपुरले जित निकालेको छ ।

नवलपुरको जितमा खेलको ४३ औ मिनेटमा टेक बहादुर पाटाले गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा लमजुङ्गले खेल अन्तिम सम्म फर्कने प्रयास गरे पनि सफल हुन सकेन । अन्ततः खेलको नतिजा नवलपुरलाई सुम्पन्न बाध्य भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close