फुल कन्ट्याक्ट कराँतेमा पुरुष तर्फ ७ र महिलातर्फ ५ खेलाडी छनोट

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गण्डकी प्रदेश स्तरिय फुल कन्ट्याक्ट कराँते छनोट प्रतियोगिता मार्फत पुरुषतर्फ ७ र महिला तर्फ ५ जना खेलाडी छनोट भएका छन् ।

छनौट हुने खेलाडीहरूमा पुरूष कुमितेको ४० के.जी. तौल समुहमा क्योकुशिन कान कराँतेसंघ कास्कीका अभिषेक तामाङ, ४५ के.जी.मा क्योकुशिन कान कराँतेसंघ बागलुङका नारायण बि.क, ५० के.जी.मा स्ट्रोङ्गेष्ट क्योकुशिन कराँतेसंघ कास्कीका अनिष बुढा मगर छन् ।

पुरुषतर्फनै ५५ के.जी. मा केन्पो काई संघ पर्वतका पासाङ तामाङ, ६० के.जी.मा क्योकुशिन कान कराँतेसंघ कास्कीका मोशेस कुमाल, ६५ के.जी.मा केन्पो काईसंघ कास्कीका शिव भुजेल र खुल्ला तौल समुहमा स्ट्रोङ्गेष्ट क्योकुशिन कराँते संघ कास्कीका रूपक नेपाली छनोट भएका छन् ।

यसैगरी महिला कुमितेतर्फ ४० के.जी. तौल समुहमा स्ट्रोङ्गेष्ट क्योकुशिन कराँते संघ स्याङ्जाकी पुष्प कुंवर, ४५ के.जी.मा केन्पो काई संघ कास्कीकी मेनुका अधिकारी, ५० के.जी.मा क्योकुशिन कान कराँते संघ कास्कीकी सरगम कुमाल, ५५ के.जी.मा क्योकुशिन कान कराँते संघ तनहुँकी धनी राना मगर र खुल्ला तौल समुहमा स्ट्रोङ्गेष्ट क्योकुशिन कराँते संघ कास्कीकी मेरिना गुरूङ छनोट हुन सफल बने ।

फुल कन्ट्याक्ट कराँते प्रतियोगिताको लागि संयोजकको जिम्मेवारी शिव गुरुङ र प्रशिक्षकको जिम्मेवारी सुवास खड्कालाई दिइएको थियो ।

प्रदेश स्तरिय बफुल कन्ट्याक्ट कराँते प्रतियोगिता पोखरा प्रर्दशनी केन्द्र नयाँबजारमा भएको हो । गण्डकी प्रदेश स्तरिय फुल कन्ट्याक्ट कराँते छनोट प्रतियोगिता प्रदेशका मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लाका खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।

छनोट भएका खेलाडी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी बन्नेछन् । उनीहरुले अब केही दिनपछि बन्दप्रशिक्षणमा सहभागिता जनाउने प्रशिक्षक खड्काले बताए । सहभागी खेलाडीलाई प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वज कुमार गुरुङले मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close