गण्डकी प्रदेशस्तरिय प्रतियोगिता : जिम्न्याष्टिकका खेलाडी छनोट सम्पन्न

पोखरा स्पोर्टस । आसन्न नवौँ राष्ट्रिय खेलकुदका लागि जिम्न्याष्टिकका खेलाडी छनोट सम्पन्न भएको छ ।

पोखरा रंगशालामा सम्पन्न भएको गण्डकी प्रदेशस्तरिय प्रतियोगिताबाट प्रदेशको पुरुष तथा महिलाको अन्तिम टोली घोषणा गरिएको हो । छनोट हुन सफल खेलाडीहरुमा पुरुषतर्फ रोशन पुन, विशाल पुन, प्रबल गुरुङ, विजय विश्वकर्मा, सरोज थापा र मियोन गुरुङ छन् ।

यसैगरी महिलातर्फ सीता कुमारी खड्का, सुभि भासिम, गीता साउद, कृति खत्री, करुण लामा र दूधकला साउद रहेको कास्की जिम्न्याष्टिक संघका अध्यक्ष राजु कायस्थले जनाएका छन् ।

छनोट समितिमा प्रदेश खेलकुदका सदस्य तथा नेपाल जिम्न्यष्टिक संघका उपाध्यक्ष योगेन्द्र गुरुङ, रविन्द्र तजजिया, सोमबहादुर शाही र विजेन्द्र श्रेष्ठ रहेका थिए ।

छनोट कार्यक्रमका राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले छनोट हुन सफल खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै राम्रो सफलता हासिल गरेर प्रदेशको नाम उच्च राख्न आग्रह गरे ।

कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य गुरुङ, जिल्ला जिम्न्याष्टिक संघका अध्यक्ष कायस्थ, सहसचिव राजु केसी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close