पोखरा रंगशालामा राष्ट्रिय खेलकुद दिवश मनाइयो

पोखरा स्पोर्टस । पोखरा रंगशालामा सोमबार राष्ट्रिय खेलकुद दिवश मनाइएको छ । क्षेत्रिय खेलकुद विकास समितिको आयोजनामा मैन वत्ति बालेर ५९ औं राष्ट्रिय खेलकुद दिवश मनाइएको हो । राष्ट्रिय खेलकुद परिषदको स्थापना भएको दिनलाई नेपालमा राष्ट्रिय खेलकुद दिवशको रुपमा मनाइँदै आएको प्रचलन रहेको छ ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिज तेज बहादुर गुरुङ, क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगी, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँ, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदार, क्षेत्रिय खेलकुदका निर्देशक कृष्ण तिमिल्सिना, लोक दोहोरी सम्राट प्रजापती पराजुली, क्षेत्रिय खेलकुदका डिवी नेपाली, विभिन्न खेलकुद संघका अध्यक्ष र पदाधिकारीहरु, प्रशिक्षक तथा खेलाडीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close