कुवेतले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्ने

पोखरा स्पोर्ट्स ।   नेपालले आज आइसीसी पुरुष टी-२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्ध खेल्दैछ ।

खेलमा कुवेतले टस जितेको छ र पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै यस खेलमा नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।

प्रतियोगितामा समुह बीमा कुवेत र जापानसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनोट भएका ९ टोली सहभागी छन् ।

एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट तीन देश विश्वकपमा छनौट हुनेछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close