नवौं राष्ट्रिय खेलकुद : कास्की जिल्लास्तरिय छनोटका लागि तालिका सार्वजनिक

पोखरा स्पोर्टस । जिल्ला खेलकुद विकास समिति कास्कीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट तालिका सार्वजनिक गरेको छ ।

आगामी असोज २८ देखि कार्तिक ३ गते सम्म आयोजना हुने नवौं राष्ट्रिय प्रतियोगिताका लागि कास्की जिल्ला खेलकुदले जिल्ला छनोटको तालिका सार्वजनिक गरेको हो । कास्की जिल्ला खेलकुदका कार्यालय प्रमुख प्रकाश बरालले २१ वटा विभिन्न खेलमा प्रतियोगिताका आधारमा खेलाडी छनोट गर्ने जनाएका हुन् ।

यहि भदौ ८ देखि १४ गते सम्म हुने जिल्ला छनोटका लागि मिति तय गरिएको जिल्ला खेलकुदकी कोषाध्यक्ष कन्चन थापाले जानकारी दिएकी छन् । खेलाडी संख्याका आधारमा एक दिन, दुई दिन र तिन दिन गरी तालिका मिलाइएको जिल्ला खेलकुदले जनाएको छ ।

जस अनुसार एथलेटिक्स भदौ ८ गते, फुटबल, व्याडमिन्टन र बास्केटबल भदौ ११ गते, चेस भदौ १२ गते देखि १४ सम्म, तेक्वान्दो भदौ ९ र १० गते, कराँते भदौ १० गते, क्रिकेट ९ र १० गते, टेबल टेनिस भदौ ९ गते, फुलकन्ट्याक्ट र उसु भदौ १० र ११ गते, सेपाक्ताक्रो भदौ १४ गते, कवड्डी, आइटिएफ तेक्वान्दो, बक्सिङ, रग्वी, भलिबल, जुडो र भारोत्तोलन भदौ १२ गते तथा शारिरिक सुगठन र जिम्न्याष्टिक भदौ १४ गते हुने भएका छन् । ।

कास्कीमा यति बेला पहिलोचरणका १४ खेलसहित पाँच महिलातर्फ खेलहरुको छनोट प्रतियोगिताहरु जारी रहेका छन् भने खेलाडी दर्ता प्रक्रिया समेत सकिएको छ । कास्कीमा सबै खेलका १ हजार भन्दा वढि खेलाडीले नाम दर्ता गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close