पोखरा स्पोर्टस् अवार्डको आय–व्यय सार्वजनिक

पोखरा स्पोर्टस । छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को आय व्यय सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मंगलबार पोखरा रंगशालामा एक कार्यक्रम आयोजना गरेर आय व्यय सार्वजनिक गरेको हो ।

पोखरा स्पोर्टस् अवार्ड २०७८ मा कुल २२ लाख ९ हजार १ सय ६३ रुपैयाँ आम्दानी भएको मञ्चकी कोषाध्यक्ष एवं आर्थिक व्यवस्थापन उपसमिति संयोजक कविता घर्ती मगरले जनाइन् । १८ लाख ३४ हजार २ सय ८७ रुपैयाँ खर्च भएर कुल ३ लाख ७४ हजार ८ सय ७६ रुपैयाँ बचत भएको उनले बताइन् । अझै विभिन्न व्यापारिक प्रतिष्ठान तथा व्यक्तिबाट २ लाख ३९ हजार रुपैयाँ संकलन हुने क्रममा रहेको तथा सो मध्ये १ लाख ३ हजार १ सय २३ रुपैयाँ भुक्तानि गर्न बाँकी रहेका उनले खुलाइन् ।

मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष एवं सल्लाहकार एकराज गिरी, नेपाल पत्रकार महासंघ कास्कीका कार्यबहाक अध्यक्ष रामप्रसाद तिमिल्सिना, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, सचिव शशी कुमार पौडेल र कोषाध्यक्ष कविता घर्तीमगरले बोलेका थिए ।

मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ । छैटौं सस्करणको अवार्ड कार्यक्रममा वर्ष पुरुष÷महिला खेलाडी घोषित भर्ई प्रदिप खड्का र अरुणा शाहीले एक–एक थान ईलेक्ट्रिक स्कुटर प्राप्त गरेका थिए । लाइफटाइम अचिभमेन्ट अवार्डबाट पूर्व राष्ट्रिय बक्सिङ खेलाडी गणेश बहादुर भट्टराईलाई सम्मान गरिएको थियो । यस्तै वर्ष उत्कृष्ट उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, वर्ष उत्कृष्ट प्रशिक्षकमा टेनिसका निरज थापा, वर्ष उत्कृष्ट खेल संघबाट तेक्वान्दो संघ गण्डकी प्रदेश र वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड कान्तिपुरकर्मीले दीपक परियारले प्राप्त गरेका थिए ।

अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, पोखरा रामबजार निवासी स्व। सेनानी हेमबहादुर पुनको स्मृतिमा परिवारजनको सहयोग, पोखरेली मञ्च युके, निसीखोला गाउँपालिका बाग्लुङ, चिल्लिबार एण्ड रेष्टुरेन्ट, टाइगर गुप्र अफ पोखरा, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरिता गुरुङ ९अमेरिका०, पूर्व अध्यक्ष मोहन घले, पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, पोखरा पर्यटन परिषद्, पोखरा यूनाइटेड क्लव, हिमालयन क्लव लामाचौर, नवआर्दश सामुदायिक विकास समाज, लामाचौर, एन्फा कास्की, व्याडमिन्टन संघ कास्की, सिर्जना विकास केन्द्र, मनकामना पेट्रोलपम्प, सितलज्योती युवा क्लब, लाइफकेयर डाईग्नोस्टिक्स एण्ड रिर्सच सेन्टर, कास्की जिल्ला टेनिस संघ, नेपाल मुवाथाई केन्द्रिय उपाध्यक्ष दीपक गोदार, नेपाल क्यूकोसिन कान कराते संघ, नेपाल हवाई खेलकुद संस्था (ना), सुनगाभा न्युज, सिटीवान टेलिभिजन, परिचय एड्भर्टाइजिङ, सिटीजन फर्निचर, साइमन पार्टी प्यालेस, वल्डलिंक, स्टेशन गैह्रापाटन, गण्डकी एण्ड धौलागिरी सप्लायर्स प्रालि, वल्र्ड लिंक, होटल पौवा लेकसाइड, लगायतले सहयोग गरेको मञ्चले जनाएको छ ।

कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण सहयोगीप्रति मञ्चले आभार व्यक्त गरेको छ । मञ्च समग्र खेल क्षेत्रको प्रवर्द्धन, खेलाडीहरुलाई हौसला तथा खेलकुद पत्रकारहरु एकीकृत भई अघि बढ्ने ध्ययेका साथ आजभन्दा झण्डै २२ वर्षअघि स्थापना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close