टेनिस खेलाडी सलोनी अमेरिका जाँदै

पोखरा स्पोर्टस । पछिल्लो क्रममा नेपाली खेलाडीहरु विदेशको यात्रातर्फ आकर्षण बढ्दै गएको छ । त्यसैको स्वरुप उच्च शिक्षा अध्ययनका लागि नेपाली टेनिस खेलाडी सलोनी तामाङ अमेरिका जाने भएकी छन् । उनी नेपालको महिला नम्वर १ टेनिस खेलाडी समेत हुन् ।

कक्षा १२ कक्षासम्म नेपालको सेन्ट जेभियर्समा अध्ययन पश्चात उच्च शिक्षाको लागि हाल संयुक्त राज्य अमेरीकाको टेक्सास राज्य स्थित लामार विश्वविद्यालयमा शत प्रतिशत छात्र वृत्तिमा मंगलबार प्रस्थान गर्ने भएकी हुन् । विभिन्न जुनियर प्रतियोगितामा च्याम्पियन सलोनी एक बर्षको दौरानमा लगतार आधा दर्जन प्रतियोगिताहरुमा विजेता हुँदै ऐतिहासिक रेकर्ड राख्न सफल समेत भएकी थिइन् ।

सलोनीले गत वर्ष सन २०२१ मा सम्पन्न प्रथम गणेशमान सिंह नेशनल टेनिस टुर्नामेण्ट, प्रथम प्रधान सेनापति नेशनल टेनिस टुर्नामेण्ट, १८औं माछापुच्छ्रे बैंक ओपन टेनिस टुर्नामेण्ट, ८औं सिटिजन्स ओपन टेनिस टुर्नामेण्ट, आइटिएफ वर्ल्ड टेनिस टुर जे–५ सिंगल्स र डवल्सतर्फका दुई वटा प्रतियोगितामानै पहिलो स्थान हात पारेकी थिइन् ।

विगत ७ वर्षदेखि प्रशिक्षण गराइरहेका उनका प्रशिक्षक राजकुमार लामाले उनको उज्वल भविष्यको कामना सहित विदाई गरका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close