दवाडीको अध्यक्षतामा गण्डकी प्रदेश प्याराग्लाइडिङ संघ गठन

पोखरा स्पोर्टस । प्याराग्लाइडिङ खेलाडी तथा प्याराग्लाइडिङ सम्वद्ध व्यक्तित्वहरुको भेलाले बसन्तराज दवाडीको अध्यक्षतामा गण्डकी प्रदेश प्याराग्लाइडिङ संघ गठन गरेको छ ।

नेपाल प्याराग्लाइडिङ संघ तथा ह्याङग्लाइडिङ संघ (नेफा)को आयोजनामा सोमबार पोखरामा सम्पन्न भेलाले प्रदेश संघ गठन गरेको हो । प्याराग्लाइडिङ खेलको विकास, विस्तार तथा व्यवस्थित बनाउन दवाडीको अध्यक्षतामा प्रदेश संघ गठन गरिएको नेफाका केन्द्रिय महासचिव शैलेन्द्र राउतले बताए । नवगठित अध्यक्ष दवाडी नेफाका संस्थापक उपाध्यक्ष हुन् भने प्रदेश खेलकुद परिषदका सदस्य समेत हुन् ।

नवगठित समितिको उपाध्यक्ष द्वयमा योगेश भट्टराई र सुनिल भट्टराई, सचिवमा भेनिष थापा, कोषाध्यक्षमा भरत प्रसाद तिमिल्सिना तथा सदस्यमा कृषु पौडेल र विजय गौतम रहेका छन् ।

नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्न र नवौंलाई भव्य रुपमा सम्पन्न गर्न नवगठित कार्यसमितिले कार्य गर्ने अध्यक्ष दवाडीले बताए । नवगठित कार्यसमितिलाई बधाई दिंदै आफूले प्राप्त गरेको जिम्मेवारी संगै प्याराग्लाइडिङ खेललाई व्यवस्थित बनाउन प्रदेशको नेतृत्व सफल हुनेमा नेफा विश्वस्त रहेको महासचिव राउतले बताए ।

सो अवसरमा प्रदेश खेलकुदका सदस्य तथा खेल पत्रकार केशव पाठक, नाका निवर्तमान अध्यक्ष कृष्ण भण्डारी, नेफाका सचिव इन्द्र भण्डारीलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

This will close in 3 seconds

Close
Close