लामाचौर कप राष्ट्रिय भलिबल : अरुणा र हरिको कप्तानीमा गण्डकी टिमको घोषणा

पोखरा स्पोर्टस । नेपाली महिलाहरुको तिजको अवसरमा हुने लामाचौर कप राष्ट्रिय भलिबलका लागि गण्डकी प्रदेश भलिबल संघले महिला तथा पुरुष टिमको घोषणा  गरेको छ ।

नव आदर्श विकास समाजको आयोजनामा यहि भदौ १२ देखि १४ गते सम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि अरुणा शाही र हरि पाण्डेको कप्तानीमा टिमको घोषणा गरिएको संघका महासचिव तहल सिंह थापा मगरले जनाएका हुन् ।

आइतबार भएको छनोट प्रतियोगितामा गण्डकीको महिला टिममा रेविता घर्ती मगर, सस्मिता पुन, पवित्रा सिर्पाली, मनिषा तिलिजा, पुजासेन ठकुरी, सारा पुर्जा, साइन थापा, एलिसा रोका मगर, तिर्शना बराल, हिमाली रोका, काजल छन्त्याल छनोट हुन सफल भएका छन् । यसै गरी बैकल्पिकमा रेखा राना, अपर्णा खाण र एलिना गुरुङ रहेका छन् ।

महिला तर्फको छनोट प्रतियोगितामा म्याग्दीबाट ८ जना, बागलुङबाट २ जना, कास्कीबाट २ जना, मुस्ताङबाट एक जना, पर्वतबाट २ जना, स्याङजाबाट ३ जना र तनहुँबाट २ जना गरी कुल २० जना सहभागि थिए ।

त्यसै गरी पुरुष टिममा हरि पाण्डे, घनश्याम चौधरी, सुजन चोखाल, हिमाल सुनारी, अमृत दर्नाल, सञ्जय परियार, रबी केसी, प्रेम कुमाल, विवश आले, याम क्षेत्री, सन्तोष थापा मगर र राजन दर्लामी मगर रहेका छन् ।

उनीहरुलाई छनोट समितिका संयोजक एवम संघका कार्यवाहक अध्यक्ष हरिकुमार श्रेष्ठ, प्राविधिक संयोजक नारायण बहादुर भण्डारी, प्रशिक्षक संयोजक रेशम केसी, महासचिव तहल सिंह थापा मगर र कोषाध्यक्ष जिवन भण्डारीले छनोट गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close