नवौं राष्ट्रिय खेलकुदको सुरक्षा सम्बन्धमा छलफल

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुदमा सुरक्षा व्यवस्था सम्बन्धमा पोखरामा छलफल भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सुरक्षा समिति पदाधिकरीहरु संग जानकारी लिएका हुन् । सुरक्षा उपसमिति संयोजक तथा प्रदेश प्रहरी प्रमुख डिआइजी रामदत्त जोशीले प्रतियोगितामा सुरक्षा प्रवन्ध बारे जानकारी गराएका थिए ।

गण्डकी प्रदेशका बिभिन्न जिल्लामा हुने राष्ट्रिय खेलकुदको सुरक्षा व्यवस्थाका लागि गण्डकी प्रदेश प्रहरी प्रमुख डिआईजी जोशीको संयोजकत्वमा बिभिन्न सुरक्षा निकायका प्रमुख, प्रतिनिधि, महानगर प्रहरी प्रमुख समेत सदस्य रहने गरी उपसमिति गठन भएको छ ।

सुरक्षा उपसमितिलाई खेल स्थल, खेलाडी, खेलाडी आवास क्षेत्र, अतिथि लगायतको सुरक्षाका लागि योजना बनाएर काम गर्न सदस्य–सचिव घिसिङले आग्रह गरे ।

छलफलमा कार्यकारी समितिका सदस्य–सचिव फणिन्द्र पौड्याल, गण्डकी प्रदेश खेलकुदका सदस्य–सचिव तेजबहादुर गुरुङ, खेलकुद विकास बिभाग प्रमुख प्रेमबहादुर मल्ल, सुरक्षा उपसमिति सचिव लक्ष्मण योगीलगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close