राष्ट्रिय तेक्वान्दोको सेमिनार तथा कोर्स सुरु

पोखरा स्पोर्टस । राष्ट्रिय तेक्वान्दो संघ, नेपालको आयोजनामा पाँचौं राष्ट्रिय क्योरोगी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स शुक्रबारदेखि सुरु भएको छ ।

उक्त कार्यक्रमको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस केन्द्रमा तीन दिनसम्म चल्ने कार्यक्रममा १ सय ३५ जना सहभागी छन् ।

आयोजक संघका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा राखेपका सदस्य सम्राट कुसारी, संघका वरिष्ठ उपाध्यक्ष एकनाथ थापा, तेक्वान्दोका पूर्व मुख्य प्रशिक्षक ध्रुव गुरुङ, संघका महासचिव राजकुमार कार्कीलगायतको सहभागिता थियो ।

लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, गण्डकी प्रदेश र बाँकेमा उक्त कार्यक्रम भदौ १० देखि १२ गतेसम्म हुनेछ । त्यस्तै प्रदेश १ र मधेश प्रदेशमा उक्त कार्यक्रम भदौ १७ देखि १९ गतेसम्म हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close