कराते टोली भुटान प्रस्थान

पोखरा स्पोर्टस । भुटानमा आयोजना हुने पाँचौं दक्षिण एशियन किकबक्सिङ्ग च्याम्पियनसिपमा सहभागि हुन नेपाल सो–क्योकुशिन करातेको टोली आज त्यस तर्फ प्रस्थान गरेका छन् ।

टोलीलाई बिहिबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राखेपमा बिदाई गरेका हुन् । भुटान जाने टोलीमा ३ अफिसियल र ६ खेलाडी गरि कुल ९ जना रहेका छन् ।

संघका अध्यक्ष राजकुमार श्रेष्ठको नेतृत्वमा रहेको टोलीमा जगतबहादुर धामी, कसिस कुमारी क्षेत्री, सिवानी श्रेष्ठ, कविन देशार, भुवन हायु, जयराम ब्लोन, मुकेश लुईटेल खत्री र दलबहादुर घले रहेका छन् ।

भुटानको फुएनसोलिगमा अगष्ट २० र २१ गते हुने च्याम्पियनसिप निन्जा स्पोर्टस् फेडेरेशन र ईन्टरनेशनल स्पोर्टस् गेम्स फेडेरेशनको संयुक्त आयोजनामा हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close