पोखरा क्रिकेट एकेडेमीले दियो एथलेटिक्स खेलाडीलाई जुता

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिातको तयारीमा रहेका कास्कीका एथलेटिक्स खेलाडीहरुलाई जुता प्रदान गरिएको छ ।

पोखरा क्रिकेट एकेडेमीले १० जना एथलेटिक्स खेलाडीहरुलाई जुता सहयोग गरेको हो । जिल्ला छनोटको तयारीमा रहेका खेलाडीहरुलाई उच्चस्तरको प्रदर्शनको अपेक्षा सहित जुता प्रदान गरिएको एकेडेमीका कोषाध्यक्ष जिमी गुरुङले जनाएका छन् । उनले भने–“यो हाम्रो सानो र प्रतिकात्मक सहयोग हो । एथलेटिक्समा धेरै पदक समेत रहेको र खेलाडीहरुलाई हौसला बढाउन हामीले जुता सहयोग गरेका हौं ।” सहयोग सामाग्री करिव १८ हजार बराबरको रहेको छ ।

पोखरा रंगशालामा आयोजित एक कार्यक्रमका विच प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ र सदस्य सचिव तेज बहादुर गुरुङले नेपाल एथलेटिक्स संघका केन्द्रिय सदस्य तथा प्रशिक्षक गज बहादुर गुरुङलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा उपाध्यक्ष गुरुङले एकेडेमीले खेलाडीलाई आवश्यक सामाग्री उपलव्ध गराएर उदहरणिय काम गरेको भन्दै प्रशंसा समेत गरे ।

सदस्य सचिव गुरुङले खेलाडीलाई गरेको सहयोगले उनीहरुको हौसला बढाउन मद्धत पुग्ने बताउँदै नवौं राष्ट्रिय खेलकुद सफल बनाउन सबै संग आग्रह समेत गरे । सो अवसरमा प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषीराम गौतम, प्रदेश खेलकुदका सदस्य योगेन्द्र शेरचन, क्षेत्रिय खेलकुदका कार्यालय प्रमुख लक्ष्मण योगी, नायव सुव्वा डिवी नेपाली लगायतको सहभागिता रहेको थियो ।

एकेडेमीले पोखराको क्रिकेट विकास संगै आवश्यक्ता अनुसार अन्य खेलका खेलाडीहरुलाई समय–समयमा सहयोग गर्दै समेत आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close