शारिरीक सुगठनका प्रशिक्षकहरु दिक्षित

पोखरा स्पोर्टस । नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ्ग एण्ड फिटनेशले शारिरीक सुगठनका प्रशिक्षहरुलाइ प्रशिक्षण प्रदान गरेको छ ।

९ दिन सम्म संचालन भएको प्रशिक्षणमा सहभागि दिक्षित प्रशिक्षकहरुलाई नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठले प्रमाण पत्र प्रदान गरेका हुन् । ललितपुरको सातदोवाटोस्थित नेपाल ओलम्पिक कमिटिको सभाकक्षमा भएको कार्यक्रममा प्रशिक्षणबाट दिक्षित भएका विभिन्न जिल्लाका २८ प्रशिक्षकहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

प्रशिक्षणमा सहभागि दिक्षितहरुलाई पूर्व नेपाल च्याम्पियन एवं नेपालमा शारिरीक सुगठनका विज्ञका रुपमा परिचित, कार्यक्रम संयोजक शिवलाल श्रेष्ठ, प्रमुख प्रशिक्षक राजेन्द्र रत्न तुलाधर, विज्ञहरु संजय महर्जन, दिवाकर लाल अमात्य, डा. ज्ञानेन्द्र शाह र सुकदेव कार्की लगायते प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै एनओसीका महासचिव श्रेष्ठले प्रशिक्षकहरुले प्राप्त गरेका ज्ञान खेलाडीहरुलाई हस्तान्तरण गर्न आग्रह गर्दै साथै प्रशिक्षणका दौरान आईपर्ने दुर्घटनाबाट बच्न र बचाउन निकै ठुलो योगदान पुग्नेमा आफु बिश्वस्त रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close