
पोखरा स्पोर्टस । पोखराको प्रतिष्ठित संस्था बगर भाई खलकले आफ्नो स्थापना दिवश मनाएको छ ।
पोखराको पृथ्वी नारायण क्याम्पसको खेल मैदानमा बगर भाईखलक एकेडेमी द्वारा सन्चालित ग्रास रुट फुटबलका सहभागीहरु विच स्थापना दिवश मनाएको हो ।

वडा नं का अध्यक्ष सहारा प्रधानको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष दिल बहादुर गुरुङको अध्यक्षतामा भएको स्थापन दिवश कार्यक्रममा प्रदेश खेलकुद परीषदका सदस्य सचिब तेज बहादुर गुरुङ, पृथ्वीनारायण क्याम्पसका निमित्त क्याम्पस प्रमुख प्राद्यापक लाल बहादुर कुवर, खेलकुद तथा अतिरिक्त कृयाकलाप प्रमुख बोधराज घिमिरे, वडा सदस्यहरु शोभा गुरुङ, जुमकाजी गुरुङ, जुकमाया परीयार, रामजी पौडेल, सहारा क्लबका अध्यक्ष हरीराम गुरुङ(सुरज), इन्द्रेणी एकिकृत बिकास केन्द्रका अध्यक्ष भानु भक्त अधिकारी, दीप युनाइटेड क्लबका अध्यक्ष खेमराज आचार्य, भिमकाली युवा क्लबका अध्यक्ष कृष्ण गुरुङ, कोपिला बाल गृहका निर्देशक रमिला श्रेष्ठ, नागरीक अभियन्ता चन्द्र बहादुर गुरुङ, लान्द्रुक पेट्रोल पम्पका सन्चालक प्रेम बहादुर गुरुङ लगायतको सहभागिता रहेको थियो ।
पोखराको फुटबल विकासका लागि ग्रास रुट प्रशिक्षण सुरुवात गरेको उक्त कार्यक्रममा ३० विद्यालयका १०० भन्दा वढी जुनियर खेलाडीहरुको सहभागिता रहेको छ ।
