
पोखरा स्पोर्टस । नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशले गोरखामा तेक्वान्दो संघ विस्तार गरेको छ ।
गोरखा जिल्लामा तेक्वान्दो खेलको विस्तार एवम विकास गर्ने उद्धेश्यले संघ गठन गरिएको हो । नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष जगन बहादुर गुरुङको उपस्थितीमा सम्पन्न एक भेलाले सुभाष कुंवरको अध्यक्षतामा कार्य समिती गठन गरेको छ ।

नव गठित कार्यसमितीको उपाध्यक्षमा राम गुरुङ, सचिवमा तेजराज गुरुङ र कोषाध्यक्षमा विपिन पोखरेल रहेका छन् । त्यस्तै कार्यसमिती सदस्यमा ओम अर्याल, किशान थापा मगर, पवित्रा वयलकोटी, दिपेन्द्र सिंह वस्न्यात र विक्रम सिंह गुरुङ रहेका छन् ।
सम्पन्न भेलामा नेपाल तेक्वान्दो संघका केन्द्रिय उपाध्यक्ष हरिश्वर पोखरेल र तेक्वान्दोका प्रशिक्षक बलराम लामाको समेत सहभागिता रहेको थियो ।
गण्डकी प्रदेशमा गोरखामा गठन भएको तेक्वान्दो संघ छैटौ जिल्ला संघ हो । गण्डकी प्रदेशको कास्की, पर्वत, नवलपुर, बागलुङ, म्याग्दीमा यस अघि नै संघ गठन भइसकेको छ ।
