एनओसी अध्यक्ष श्रेष्ठले गरे शारीरिक सुगठनका खेलाडीलाई विदाई

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष तथा सांसद जिवनराम श्रेष्ठले भारततर्फ जाने शारीरिक सुगठनको नेपाली टोलीलाई विदाई गरेका छन्  ।

एनओसीमा आयोजित एक कार्यक्रमका विच नेपाली टोलीलाई विदाई गर्दै जितको शुभकामना सहित विदाई गरेको एनओसीले जानकारी दिएको हो । नेपाली शारीरिक सुगठनको टोलीले भारतमा यहि अप्रिल १५ देखि १७ तारिख सम्म आयोजना हुने आइएफबिबि मिष्टर/मिसेस युनिभर्स च्याम्पियिनसिप एण्ड फिटनेस फेस्टिभल २०२२ मा प्रतिष्पर्धा गर्ने भएको हो ।

नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघका अध्यक्ष शिवलाल श्रेष्ठ नेतृत्वमा भारत जान लागेको टोलीमा महासचिव अजयकुमार बज्राचार्य रहेका छन् भने खेलाडीमा (५९ विश्व वरियता) खेलाडी देबराज पराजुली, मारिचमान लामा रहेका छन् । खेलाडीको मुख्य प्रशिक्षकमा राजेन्द्र रत्न तुलाधर र टिम अफिसियलमा रेणुका श्रेष्ठ (राखेप सदस्य) रहेको जनाइएको छ ।

एओसीका अध्यक्ष श्रेष्ठले शुभकामना दिँदै सहभागीहरुलाई अनुशासनमा रहि उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे । उनले युवाहरुलाई पनि फिट रहन प्रेरित गरेकोमा नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको प्रशंसा समेत गरे ।

विदाई कार्यक्रममा एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्य, एनओसी मेडिकल कमिसनका अध्यक्ष डा.सरोज कृष्ण श्रेष्ठ र राष्ट्रिय प्रशिक्षक रोशन महर्जन समेतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close