
पोखरा स्पोर्टस । कास्की जिल्ला भलिबल संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि अन्नपूर्ण गाउँपालिका भलिबल संघलाई खेल सामाग्री प्रदान गरेको छ ।
अन्न्पूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसीको रोहवरमा स्थानिय खेलाडीलाई प्रोत्सहान गर्न खेल सामाग्री प्रदान गरिएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष विष्णु गुरुङले जनाएका हुन् । “हामी नवौंको तयारीमा सहयोग पुगोस भन्ने हेतुले भलिबलका खेल सामाग्री प्रदान गरेका हौं,” अध्यक्ष गुरुङले भने–“त्यहाँबाट छनोटमा आउने खेलाडीले केही समय प्रशिक्षणमा सहभागि हुन पाउनेछन् ।”
कास्की जिल्ला भलिबल संघका महासचिव टंकराज पौडेलका अनुसार अन्नपूर्ण गाउँपालिका भलिबल संघलाई बल, नेट, स्कोरवोर्ड लगायतका सामाग्री अध्यक्ष अमृत गुरुङलाई हस्तान्तरण गरिएको पोखरा स्पोर्टसलाई बताए ।
सो अवसरमा गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला अधिकारी, संघका उपाध्यक्ष शरण प्रधान, कोषाध्यक्ष वुद्ध सिंह लागयत कार्यसमितिका अन्य सदस्यहरुको सहभागिता रहेको थियो ।
