सहारा एकेडेमीमा सइसाले मनाइन् जन्मदिन

पोखरा स्पोर्टस । पोखराकी सइसा गुरुङले सहारा एकेडेमीका बालकहरुसँग जन्मदिन मनाएकी छन् । जन्मदिनमा फजुल खर्च गर्नुभन्दा एकेडेमीका बालकहरुलाई स्टेसनरी सहयोग गर्दै उनले आफ्नो १२ औं जन्मदिन मनाएकी हुन् ।

शनिबार पोखरा १७, दोबिल्लास्थित सहारा एकेडेमीमा आयोजित समारोहमा उनले बालकहरुलाई कलम–नोटबुक प्रदान गरिन् भने सबैलाई खाना खुवाउनुको साथै केक काटेर रमाइलो गरेकी हुन् ।

सहारा क्लब पोखराका सल्लाहकार सुनिल गुरुङ र सरस्वती गुरुङकी सुपुत्री सइसा सेन्ट मेरिजमा कक्षा ७ पढ्छिन् ।

कार्यक्रममा सहारा क्लब अध्यक्ष हरिराम गुरुङ (सुरज), निवर्तमान अध्यक्ष केशवबहादुर थापा, पूर्व अध्यक्ष विक्रम थकाली, कास्की जिल्ला ब्याडमिन्टन संघका उपाधयक्ष भूगोल गुरुङ, फुटबल खेलाडी वरदान ताङ्वे, मधु गिरी, प्रिन्सिका गुरुङ लगायतको सहभागिता थियो ।

एकेडेमीमा विपन्न तथा कठिन परिस्थितिका हाल १३ जना बालकहरु रहेको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close