
पोखरा स्पोर्टस । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ गण्डकी प्रदेशले ‘सफल व्यवसायीका लागि स्वास्थ्य, स्वास्थ्यताको माध्यम खेलकुद’ भन्ने उद्घोषका साथ व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
उक्त प्रतियोगिता ४४ औं पुष्पलाल स्मृति दिवसको अवसरमा उक्त प्रतियोगिता हुन लागेको हो । तिन वर्ष देखि लगातार प्रतियोगिता आयोजना गर्दै आएको महासंघले पोखरा रंगशालामा यहि साउन २० गतेबाट उक्त प्रतियोगिता सुरु गर्ने जनाएको छ । प्रतियोगिताका संयोजक कृष्ण प्रसाद तिवारीका अनुसार प्रतियोगितामा खुल्ला प्रदेश स्तरिय मेन्स डवल्स, भेट्रान्स ४५ वर्ष माथी गरी दुई वटा इभेन्ट्सहरु हुनेछन् ।
प्रतियोगितामा खुल्ला प्रदेश स्तरिय मेन्स डवल्स र भेट्रान्स ४५ वर्ष माथीका प्रथम, द्वितिय र तृतिय हुनेले क्रमश नगद रु ३५ हजार, २५ हजार र १० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने महासंघका अध्यक्ष सञ्जिव कौइरालाले जानकारी दिए ।

