बागमती अन्तर प्रदेशका लागि गण्डकीबाट ब्याडमिन्टनको छनौट सम्पन्न

पोखरा स्पोर्टस । बागमती अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकीबाट ब्याडमिन्टन खेलाडी छनौट कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश ब्याडमिन्टन संघको ब्यवस्थापनमा दुई दिन सञ्चालन भएको प्रतियोगिताबाट ६ जना खेलाडी छनौट गरिएको संघले जनाएको हो ।

छनौट भएका पुरुष खेलाडीहरुमा विशाल खड्का कास्की, सुरेन्द्र हमाल म्याग्दी र इशान खड्का कास्की रहेका छन् ।

त्यसै गरी महिलातर्फ दिलाशा राना कास्की, शितल केसी कास्की र अनु राना स्याङजा रहेका छन् ।

छनौट प्रतियोगितामा ५ जिल्लाका २५ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close