२० औं संस्करणको आहा! रारा गोल्ड कप ३ लाख ४८ हजार घाटा !

पोखरा स्पोर्टस । सहारा क्लव पोखराले २० औं संस्करणको आहा! रारा गोल्ड कपमा ३ लाख ४७ हजार ८ सय १८ रुपैयाँ घाटा व्यहोरेको छ ।

गत माघ माघ ६ गते देखी १५ गते सम्म सञ्चालन भएको शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको आय व्यय विवरण प्रस्तुत गर्दै उक्त रकम घाटा व्यहोर्नु परेको सहाराले जनाएको हो । आहा रारा गोल्डकपको इतिहासमा नै पहिलो पटक आयोजकले घाटा व्यहोरेको हो । २० औं संस्करण आहा रारा गोल्ड कप आर्थिक उपसमितिका संयोजक सुनिल गुरुङले कोभिड १९ का कारण खेलहरु दर्शक विना सम्पन्न गर्नु परेकोले प्रतियोगिता घाटातर्फ उन्मुख भएको जनाएका छन् ।

२० औं संस्करणमा आम्दानीतर्फ ६६ लाख ४१ हजार एक सय ८१ रुपैयाँ र खर्चतर्फ ६९ लाख ८९ हजार भएको क्लवका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ले जनाएका छन् ।

विश्व व्यापी कोभिड १९ का कारण नेपाल सरकार स्वास्थ्य मन्त्रालयको स्वास्थ्य मापदण्डलाई पालन गर्दै २० औं संस्करणमा सेमिफाईनल र फाईनल गरी तिन खेल वाहेक अन्य खेलहरु दर्शक विना सम्पन्न भएको थियो । उक्त संस्करणको कुल नोक्सान १२ लाख ६२ हजार ८ सय २६ रुपैयाँ ६२ पैसा रहकोेमा विषम परिस्थितिलाई मध्यनजर राख्दै क्लबका शाखा संस्थाहरु सहारा क्लब यूके, हङ्गकङ्ग र अष्ट्रेलियालाई विशेष अनुरोध गरिएको मध्ये हङ्गकङ्गबाट ५ लाख १ हजार, यूके.बाट ३ लाख रुपैयाँ र अष्ट्रेलियाबाट १ लाख रुपैयाँ नगद थप सहयोग प्राप्त भएकोले घाटा रकममा केही सहयोग भएको सहाराले जनाएको छ ।

सहाराले प्रतियोगिताका लागि मुख्य प्रायोजकबाट १ लाख रुपैयाँ बराबरको रारा तयारी चाउचाउ दर्शकहरुलाई वितरण गरिएको, सिताबाट अप्रिला स्कुटरको ५० प्रतिशत बराबरको १ लाख ३१ हजार रुपैयाँ, एक्स–टेप स्पोर्टस वेयर काठमाण्डौंबाट १ लाख ९० हजार रुपैयाँ बराबरको टिसर्ट, १ सय ९० थान भोलिन्टिर ड्रेस, बुद्ध एयरबाट १ लाख रुपैयाँ बराबरको दुईतर्फी १० थान टिकट, सिजि कम्पनीबाट ३० हजार रुपैयाँ बराबर टिभी, सहारा क्लब यूकेबाट म्यान अफ दि म्याच ट्रफि तथा वेष्ट अफ फाईभका लागि नगद रकम र अन्य ट्रफी तथा मेडल गरि २ लाख रुपैयाँ बराबरको अतिरिक्त सहयोग प्राप्त भएको जानकारी गराएको छ ।

सहारा क्लब पोखराको आयोजनामा संचालित अन्तराष्ट्रिय अन्तर क्लब स्तरिय “२० औँ आहा ! रारा गोल्ड कप फूटबल प्रतियोगिता २०७८” लाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने मुख्य प्रायोजक, प्रायोजकहरु, विशेष सहयोगी संस्थाहरु, गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ (एन्फा), सहारा क्लब यु.के, हङकङ, अष्ट्रेलिया, क्षेत्रिय खेलकुद, पोखरा महानगर पालिकालगायत विभिन्न संघ संस्थाहरुलाई आभार व्यक्त गरेको छ ।

कुल दश टिम प्रतियोगी रहेको २० औं संस्करणको विजेता शसस्त्र प्रहरी बलको एपिएफ क्लब र उपविजेता मनाङ्ग मर्स्याङ्गदी क्लब रहेको थियो ।
तस्विरः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close