नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्दै स्कवास, टेनिस र प्याराग्लाइडिङ

पोखरा स्पोर्टस । चार दशकको अन्तरालमा पोखरामा हुने खेलकुदको महाकुम्भमा यहाँका खेलकुद संघहरु समेत आफ्नो तयारीमा जुट्न थालेका छन् ।

https://www.facebook.com/PokharaSport/videos/1196856897775623

यसै क्रममा कास्की जिल्ला स्क्वायस तथा र्‍याकेट्स संघ, कास्की जिल्ला टेनिस संघ र प्याराग्लाइडिङ संघका प्रतिनिधीहरुले खेलस्थल पूर्वाधार निर्माण समितिका संयोजक राजेश कुमार गुरुङ र सचिव कृष्ण तिमिल्सिनालाई भेट गरी आफ्ना समस्याहरुका बारेमा अवगत गराएका हुन् ।

खेलस्थल व्यवस्थापन समितिका संयोजक गुरुङ सङ्ग समस्याका बारेमा आफ्ना भनाई राख्दै कास्की जिल्ला स्कवास तथा ¥याकेट्स संघका सचिव प्रविन पालिखेले ३९ वर्ष पछि पोखरामा हुने नवौंको आगमनको प्रतिक्षामा आफूहरु रहेको बताए । उनले भने–“३९ वर्ष पछि पोखरामा हामीले यो अवसर पाएका छौं । पहिला पूर्वाधार नहुँदा हामी काठमाडौंमा गएर खेल्ने अवस्था थियो । तर हामी आफ्नै आङ्गन र दर्शकका विच खेल्दै छौं, यो भन्दा गौरवको विषय हुन सक्दैन ।”

हाल पोखरा रंगशालास्थित स्क्वायस कोर्टमा २ वटा प्लेइङ्ग कोर्ट रहेको बताउँदै त्यस मध्येको एक निर्माणको अन्तिम चरणमा रहेको सचिव पालिखेले जनाए । “हामीलाई तिन वटा कोर्टको आवश्यक्ता पर्छ त्यसका लागि राखेपले छिटो रकमको प्रवन्ध गरे हामीलाई नवौं सम्पन्न गर्न सहज हुनेछ”, उनले भने । स्क्वासको कोर्टहरुको निरिक्षणको क्रममा राखेपका सदस्य समेत रहेका गुरुङले रकम निकासाका लागि आफ्नो प्रयास रहने बताउँदै पदक जित्ने गरी तयारीमा जुट्न आग्रह गरे ।

यता कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङले आफ्नो संघको तयारी पदक तर्फ रहेको उल्लेख गर्दै सवै कोर्टहरुलाई खेल्न लायक बनाउन १५ लाख भन्दा वढि खर्च हुने जानकारी दिए । उनले खेलस्थल उप समितिका संयोजक गुरुङलाई भने–“हामी आफ्नो तयारीमा छौं तर रकम निकासा समयमा भइदियो भने कोर्टहरुको मर्मत सम्भार पनि हामी अघि बढाउँछौं ।” टेनिसतर्फ कुल ६ पदकका लागि नवौंमा हुने प्रतिष्पर्धामा कम्तिमा तिन स्वर्ण पदक जित्ने गरी तयारी सुरु गरिएको उनले जानकारी दिए ।

त्यसै गरी नेपाल हवाई खेलकुद संस्था (ना) र नेपाल प्याराग्लाइडिङ तथा ह्याङ ग्लाइडिङ संघ (नेफा)का पदाधिकारीहरुले खेलस्थल पूर्वाधार उपसमितिका संयोजक गुरुङलाई भेट गरी पोखराबाट अन्यत्र प्याराग्लाइडिङ खेल नलैजान आग्रह गरेका छन् । उनीहरुले भनेका छन्–“शुरक्षा लगायत प्याराग्लाइडिङ खेलमा हुने जोखिमका कुराहरुलाई मध्यनजर गर्दै पोखराबाट अन्यत्र प्रतियोगिता सम्भव छैन ।” १९ औं एसियाली खेलकुदका प्रशिक्षक समेत रहेका योगेश भट्टराईले प्रतियोगिताका लागि कास्कीको तोरीपानी उपयूक्त हुने कुरा आफूले सुझावका रुपमा दिएको पोखरा स्पोर्टसलाई बताए ।

नेफाका संस्थापक उपाध्यक्ष तथा प्रदेश खेलकुद गण्डकीका सदस्य बसन्तराज दवाडीले नवौंका लागि प्याराग्लाइडिङ खेलका लागि आवश्यक पर्ने खेल सामाग्रीहरु समयमानै उपलव्ध गर्न सके खेलाडीहरुले आफ्नो प्रशिक्षण संगै अन्य तयारीका लागि समेत सहज हुने बताए । उनले भने–“नवौं हाम्रो आङ्गनमा हुँदैछ । त्यसका लागि प्याराग्लाइडिङ खेलाडी उत्साहित पनि छन् । तर खेलका लागि आवश्यक पर्ने सामाग्रीहरु समयमा उपलव्ध भयो भने तयारीका लागि सहज हुनेछ ।” यस्तै नेफाका महासचिव शैलेन्द्र राउतले संघले नवौं सफल बनाउन आवश्यक तयारीमा जुटीसकेको उल्लेख गरे ।

कार्यक्रममा खेलस्थल व्यवस्थापन समितिका संयोजक गुरुङले साउन १५ गते हुने वोर्ड बैठकमा सवै प्रतियोगितास्थलहरुको टुङ्गो लाग्ने बताउँदै आवश्यक तयारीमा जुट्न उनले आग्रह गरे । उनले भने–“हामी अहिले आन्तरिक तयारीमा छौं काठमाडौमा हुने वोर्ड बैठकमा म यहाँहरुले उठाएको आवाजलाई पु र्‍याउने छु । नवौं सफल बनाउन म यहाँहरुलाई सबैलाई आग्रह गर्दछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close