
पोखरा स्पोर्टस । एथलेटिक्स परिवार नेपालको पहिलो साधारण सभा सोमबार सम्पन्न भएको छ । सोमबार काठमाडौंमा सम्पन्न साधारण सभाबाट अध्यक्षमा राजन खत्री निर्विरोध निर्वाचित भएका हुन् । यसैगरी, दीपककुमार रञ्जित वरिष्ठ उपाध्यक्ष, आशाराम गोठे, रमेश शाक्य र अनिरुद्रकुमार चौधरी उपाध्यक्ष चयन भए ।
यसैगरी महिला सदस्यमा सपना आचार्य निर्विरोध भइन् । सुन्दरकेशर कार्की सचिवमा निर्विरोध भइन् । सरस्वती खड्का, अभिनारायण अधिकारी, संसारलाल वैद्य, रामकृष्ण महर्जन, देवी बस्नेत र प्रकाश राणा निर्विरोध निर्वाचित भए ।
आइतबार बसेको पहिलो बैठकले महासचिवमा मञ्जु श्रेष्ठलाई मनोनित गरेको छ । महिला उपाध्यक्षमा राजकुमारी पाण्डे तथा कोषाध्यक्षमा सुषमा पाण्डे मनोनित भएका छन् । यसैगरी दावा तामाङ, रमेश सुनार, सिद्धान्त अधिकारी सदस्यमा मनोनित भए । यासीर माया चौधरी र सुनिताकुमारी योञ्जन लामा सदस्यमा मनोनित भए ।
आजै बसेको पहिलो बैठकले सल्लाहकारमा रघुराज वन्त, खड्गबहादुर रानाभाट, धर्मेन्द्रराज शाक्य र शान्ती गुरुङ मनोनयन गरेको छ भने सुशिलनरसिहं राणा, सुनिल राजवंशी, मोहन नेपाल, सन्जीव तुलाधर, ध्रुवबिक्रम मल्ल र ऋषि भण्डारीलाई सल्लाहकारमा निरन्तरता दिएको छ । कानुनी सल्लाहकारमा बाबुकृष्ण महर्जन र प्राविधिक प्रमुखमा मुख्य एथलेटिक्स प्रशिक्षक चन्द्रबहादुर गुरुङ रहनु भएको छ ।
साधारण सभाको उदघाटन राष्ट्रिय खेलकुद परिषदका बोर्ड तथा कार्यकारी सदस्य नन्दा बस्यालले गरेकी थिइन् भने कीर्तीमानि धावक बैकुन्ठ मानन्धर, जितबहादुर के.सी, सुशिलनरसिंह राणा, रघुराज वन्त, बुद्धवीर लामा, ध्रुवविक्रम मल्ल, ऋषि भण्डारी, चन्द्रबहादुर गुरुङ, बाबुकृष्ण महर्जन लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
