‘पोखरालाई सहासिक खेलकुदको केन्द्र बनाउनु पर्छ”–मन्त्री श्रेष्ठ

पोखरा स्पोर्टस । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जिवनराम श्रेष्ठले पोखरालाई सहासिक खेलकुदको केन्द्र बनाउने बताएका छन् ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका पदाधिकारीहरुले गरेको बधाई तथा स्वागत कार्यक्रममा मन्त्री श्रेष्ठले उक्त कुरा बताएका हुन् । मन्त्री श्रेष्ठले पोखरा म्याराथन देशकै जेठो म्याराथन भएकोले यसको शाख राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट रहेको बताउँदै पोखरालाई सहासिक खेलकुदको गन्तव्य बनाउने धारणा राखे । उनले भने–“यहाँ निकै सम्भावना छ हाम्रो मन्त्रालय पोखरालाई सहासिक खेलकुदको गन्तव्य बनाउन गम्भिर रुपले अगाडी बढ्ने छ ।”

पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यको सहभागिता रहेको कार्यक्रममा पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय रुपमा प्रचार प्रसार गर्न मन्त्रालयले सहयोग गर्ने बताउँदै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले सिटी म्याराथनको अवधारणामा अघि बढेका काठमाण्डौ म्याराथन, नेपालगञ्ज म्याराथन र पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त बनाउन बनाउन रुट मापनका लागि प्राविधिकका लागि आफ्नो सहयोग रहने बताए । “धेरै भन्दा धेरै विदेशी खेलाडी निम्त्याउन पोखरा म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त रुटको मापन आवश्यक छ । यसका लागि मेरो सहयोग रहनेछ,” मन्त्री श्रेष्ठले भने ।

सो अवसरमा मञ्चको तर्फबाट मञ्चका अध्यक्ष हरि प्रसाद पराजुली, निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुदका सदस्य सचिव तेज बहादुर गुरुङ, संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, प्रथम उपाध्यक्ष तथा प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङले मन्त्री श्रेष्ठलाई स्वागत गरेका थिए ।

मन्त्री श्रेष्ठलाई स्वागत र बधाई ज्ञापन गर्दै अध्यक्ष पराजुलीले नेपालकै जेठो म्याराथन पोखरा म्याराथनलाई रुट मापन लगायत अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार गर्न सहयोग गर्न मन्त्री श्रेष्ठलाई आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close