पर्वत जिल्ला भलिबल संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

पोखरा स्पोर्टस । पर्वत जिल्ला भलिबल संघको अध्यक्ष लक्ष्मण कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

पर्वतको सदरमुकाम कुश्मामा मंगलबार सम्पन्न अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । यसैगरी संघको उपाध्यक्षद्वयमा क्षत्र बहादुर क्षेत्री र जगदिश सुवेदी, महासचिवमा मुक्ति बहादुर कोइराला (मिलन), कोषाध्यक्षमा होम पुन निर्वाचित भएको केन्द्रिय निर्वाचन समितिका सदस्य राजकुमार गुरुङले जानकारी दिएका छन् ।

कार्यसमितिको सदस्य पदमा कुश्मा नपा ३ का धरम गुरुङ, जलजलाका अमर पुन, पैयुँका बसन्त आले, महाशिलाका विमल गुरुङ, मोदीका दिपक पुन, फलेवास नपाका अच्युत श्रेष्ठ, मोदीकी डममायाँ पुन र जलजलाकी जुनीमायाँ पुर्जा पुन निर्वाचित भएका छन् । यसै गरी प्रदेश प्रतिनिधिका सन्तोष गुरुङ र लक्ष्मण कुमार श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

नेपाल भलिबल संघका केन्द्रिय सल्लाहकार नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङको अध्यक्षतामा भएको थियो । सो अवसरमा पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघका उपाध्यक्ष नविन गुरुङ, क्षेत्रिय खेलकुदका लेखा प्रमुख डिवी नेपाली, क्षेत्रिय भलिबल संघका कोषाध्यक्ष हरि श्रेष्ठ र जिल्ला खेलकुद पर्वतका कार्यालय प्रमुख जगदिश कुंवरको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close