नवौं राष्ट्रिय खेलकुदका लागि उपसमिति गठन

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले विषयगत उपसमिति संयोजकहरुको टुङ्गो लगाएको छ ।

पोखरामा आगामी असौज २८ देखि कार्तिक ३ गते सम्म राष्ट्रिय खेलकुद परिषद (राखेप)को आयोजनामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १२ वटा विभिन्न उपसमितिहरु गठन गरी जिम्मेवारी तोकिएको हो । जस अनुसार राखेपका कार्यकारी सदस्य एकेन्द्र कुंवर समारोह व्यवस्थापन उपसमितिको संयोजकमा तथा सचिवमा राखेपकी प्रशासकिय अधिकृत शारङ्गिन निरौला रहेकी छन् ।

गठित प्राविधिक उपसमितको संयोजकमा हिमालराज दाहाल सचिवमा प्रचण्ड शर्मा, खेलस्थल व्यवस्थापन उपसिमिति संयोजकमा राखेप सदस्य राजेश गुरुङ र सचिवमा कष्णप्रसाद तिमिल्सिना, बसोबास व्यवस्थापन उपसमितिको संयोजकमा राजकुमार थापा र सचिवमा चन्द्रकुमार राई, अनुशासन उपसमितीको संयोजकमा पेमा लामा र सचिवमा नारायणराज अर्याल छन् ।

स्वास्थ्य उपसमिति संयोजकमा डा.बुलन्द थापा र सचिवमा ज्ञानेन्द्रविक्रम शाह, यातायात व्यवस्था उपसमितिको संयोजकमा प्रकाश कुशारी र सचिव देवराज कटुवाल, प्रचार प्रसार उपसमितिको संयोजकमा दिपेन्द्र विष्ट र सचिव खुशराज दाहाल, खेल सामाग्री तथा पोशाक व्यवस्थापन उपसमितिको संयोजकमा अञ्जन धमला र सचिव सृजन खतिवडा, स्रोत परिचालन उपसिमतिको संयोजकमा सुर्य भण्डारी र सचिव सरोजकुमार पोखरेल, स्वयंमसेवक उपसमितिको संयोजकमा जनक बर्तौला र सचिव लिलराज बस्नेत तथा एन्टिडोपिङ उपसमितिको संयोजकमा डा.नमिसमान प्रधान र सचिवमा दोबे तमाङ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close