
पोखरा स्पोर्टस । गण्डकी प्रदेशले छात्र भलिबलमा स्वर्ण पदक जितेको छ ।
काठमाण्डौमा जारी १२ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा लुम्विनी विरुद्ध भएको फाइनल खेलमा ३–२ ले जित निकाल्दै गण्डकीले स्वर्ण पदक जितेको हो ।
पहिलो र दोश्रो सेट २५–११ र २५–१० ले सहज रुपमा आफ्नो पक्षमा पारेको गण्डकीले तेश्रो र चौथो सेट भने लुम्विनीलाई सुम्पिन पुग्यो ।
लुम्विनीले तेश्रो सेट २५–२० र चौथो सेट २५–२० मा जितेर गण्डकीलाई दवावमा राखेको थियो । तर अन्तिम तथा पाँचौ सेट भने गण्डकीले १५–१२ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक हात पारेको गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन कुमार गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
यो सहित गण्डकीले जारी प्रतियोगितामा कुल पाँच स्वर्ण जितेको छ ।
