
पोखरा स्पोर्टस । १९ औं एसियाली खेलकुदका लागि आर्चरी खेलाडीहरुको छनौट खेल बिहिबार पोखरा रंगशालामा सम्पन्न भएको छ ।
बन्द प्रशिक्षणमा रहेका १२ जना खेलाडीबाट ६ जना खेलाडी छनौट गरिएको हो । छनौट हुनेमा कम्पाउण्ड महिलातर्फ १ महिला र १ पुरुष गरी दुई जना तथा रिकर्वतर्फ २ महिला र २ पुरुष गरी कुल ६ जना खेलाडी रहेको नेपाल आर्चरी संघका केन्द्रिय सचिब तथा कास्की जिल्ला आर्चरी संघका अध्यछ योगेन्द्र शेरचनले पोखरा स्पोर्टसलाई जानकारी दिए ।

कम्पाउण्ड महिला तर्फ छनौट हुनेमा प्रसादा आचार्य र पुरुषतर्फ मिन प्रसाद गौचन रहेका छन् भने नेपाली सेनाका रोशन नगरकोटी, नेपाल पुलिस क्लवका तिलक पुन मगर रहेका छन् । त्यस्तै रिकर्व महिलातर्फ पोखराका विष्णु मायाँ लिम्वु र रश्मी दर्लामी छनौट हुन सफल भए ।
कम्पाउण्ड महिलामा प्रसादा १२५७ अंक र पुरुषतर्फ मिन प्रसाद १२९६ अंक प्राप्त गर्दै छनौट हुन सफल भए । त्यस्तै रिकर्वतर्फ छनौट हुने रोशनले १२६६, तिलकले १२३९, विष्णुमायाँले ११०८ र रश्मीले १०४२ अंक प्राप्त गरेका थिए । छनौट भएका खेलाडीहरुले यहि साउन १ गतेबाट हुने दोश्रो चरणको बन्द प्रशिक्षणमा बस्ने छन् ।
चिनको होङजाओमा हुने १९ औं संस्करणको एसियाली खेलकुद कोभिड १९ का कारण हालका लागि स्थगित भएको छ भने नयाँ मिति घोषणा हुन सकेको छैन । यद्यपी नेपालले भने आफ्नो आन्तरिक तयारी भने गरिरहेको छ ।
