गण्डकीले जित्यो एथलेटिक्स रिले छात्रातर्फ स्वर्ण र छात्रतर्फ रजत

पोखरा स्पोर्टस । गण्डकी प्रदेशले एथलेटिक्स छात्रातर्फ स्वर्ण पदक जितेको छ भने छात्रतर्फ रजत पदक जितेको छ ।

काठमाण्डौमा जारी १२ औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डमा छात्रातर्फ रिले ४x१०० मिटरमा गण्डकीले स्वर्ण पदक जितेको हो । यो सहित एथलेटिक्समा गण्डकीले दोश्रो स्वर्ण हात पारेको छ ।

गण्डकीको टोलीमा रहेका चन्द्रकला खराल, जानकी खराल, बिनिता सार्की र पार्वती नेपाली रिले दौड टिममा रहेका थिए । स्याङजा वालिङ लक्ष्मी माविमा अध्ययनरत चन्द्रकला र जानकी दिदी बहिनी हुन् । विनिता तनहुँ व्यास नगरपालिका सत्यवती माविमा अध्ययनरत छिन् भने पार्वती बागलुङ गल्कोट माविकी छात्रा हुन् ।

छात्रतर्फको रिले दौडमा नै गण्डकीले रजत पदक प्राप्त गर्न सफल भएको छ । छात्रतर्फ रजत पदक जित्नेमा विकास पोख्रेल, विनित भुजेल, बादल कार्की र दिलिप जिसी हुन् । विकास सौभाग्य मावि राइनास लमजुङ, विनित आदर्श बल मावि सुन्दर बजार लमजुङ, बादल नुन्थला मावि बागलुङ काठेखोला पालिका र दिलिप गुरुकुल एकेडेमी कुश्मा पर्वतमा अध्ययनरत छन् ।

यस्तै सटपुट छात्रातर्फ गण्डकी प्रदेशका लागि बिनिता सार्कीले रजत जितेकी छन् । बिनिताले बुधबार ज्याभलिन थ्रोमा रजत पदक जितेकी थिइन् । उनले जारी प्रतियोगितामा दुई रजत पदक जितेकी हुन् ।

छात्रतर्फ सटपुटमा नै तिर्थमान तामाङले काश्य पदक जिते । उनी लमजुङ दोर्दी गाउँपालिकाका हुन् । उनी फलेनी माविमा अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close