
पोखरा स्पोर्टस । काठमाण्डौमा जारी १२ औं राष्ट्रपति रनिङ शिल्डमा गण्डकी प्रदेशको छात्र भलिबल टिम फाइनलमा पुगेको छ ।
जारी प्रतियोगितामा कर्णाली प्रदेशलाई २–० को सोझो सेटमा पराजित गर्दै गण्डकी फाइनलमा पुगेको हो । पहिलो सेट २५–१५ र दोश्रो सेट २५–१७ ले जित्दै गण्डकी प्रदेश फाइनलमा पुगेको गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
फाइनलमा गण्डकीले लुम्विनी र सुदुर पश्चिम विचको विजेता संग बिहिबार फाइनल खेल खेल्नेछ । यस अघि गण्डकीले बागमतीलाई २–० को सोझो सेटमा हराउँदै सेमीफाइनलमा पुगेको थियो ।
यता छात्रातर्फ भने गण्डकी प्रदेश कर्णाली संग तेस्रो स्थानका लागि खेल्नेछ ।
