राष्ट्रपति कप : छात्र भलिबलमा गण्डकी सेमीफाइनलमा

पोखरा स्पोर्टस । काठमाण्डौमा जारी १२ औं राष्ट्रपति रनिङ शिल्डमा छात्र भलिबल टिम सेमीफाइनलको यात्रा तय गरेको छ ।

जारी प्रतियोगितामा बलियो टिम मानिएको बागमतीलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमीफाइनमा पुगेको गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नबिन गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिएका हुन् । पहिलो सेट २५–९ ले सहज रुपमा जित्दै गण्डकीले दोश्रो सेट २५–२० मा आफ्नो पक्षमा पार्दै सेमीफाइनलको यात्रा तय गरेको अध्यक्ष गुरुङले जनाए ।

सेमीफाइनलमा गण्डकीले अब कर्णाली प्रदेशको सामना गर्नेछ । जुनियर प्रतियोगितामा गण्डकीले उत्कृष्ट प्रदर्शन गरेको बताउँदै अध्यक्ष गुरुङले पुरुष भलिबलमा नयाँ राष्ट्रिय खेलाडी उत्पादनका लागि समेत उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close