
पोखरा स्पोर्टस । काठमाण्डौमा सुरु भएको १२ औं राष्ट्रिय राष्ट्रपति कपमा गण्डकीले एथलेटिक्समा पहिलो स्वर्ण जितेको छ ।
गण्डकीका लागि जानकी खरालले छात्रा १५०० मिटर दौडमा गण्डकीका लागि पहिलो स्वर्ण दिलाएकी हुन् । स्याङजा वालिङ नगरपालिका निवासी लक्ष्मी मावीमा कक्षा १२ मा अध्ययनरत जानकीले आफ्नो दौड पुरा गर्न ५ मिनेट २१ सेकेण्ड लगाइन् ।

यसै गरी छात्रा हाइजम्पतर्फ गण्डकीले रजत पदक जितेको छ । गण्डकी प्रदेशका लागि सिमा श्रेष्ठले १ मिटर २५ सेन्टिमिटर जम्प गर्दै रजत दिलाएकी हुन् । सिमा लमजुङ वेशीशहरकी हुन् । हालै उनले जनकल्याण मावी वेशीशहरबाट एसइइको परिक्षा दिएकी हुन् ।

जित पछि खुसी व्यक्त गर्दै प्रदेश खेलकुदका सदस्य सचिव तेज बहादुर गुरुङले दुवै पदकधारी खेलाडीलाई बधाई दिएका छन् ।
