
पोखरा स्पोर्टस । राष्ट्रियस्तरको राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत गण्डकी छात्रा भलिबल टिमले जितको यात्रा सुरु गरेको छ ।
काठमाडौमा आजबाट सुरु भएको प्रतियोगितामा छात्रा भलिबलतर्फ गण्डकीले कर्णालीलाई २–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेटमा २५–११ ले जितेको गण्डकीले लयमा आफ्नो खेलको प्रदर्शन गर्दै दोश्रो सेट २५–१६ ले जितेको छ ।
प्रतियोगिता अन्तर्गत छात्र/छात्रा तर्फ ६ वटा विभिन्न खेलहरु सञ्चालन भइरहेका छन् । गण्डकी प्रदेशबाट ९४ जना खेलाडीको सहभागिता रहेको छ ।
