कास्की भलिबल संघको उपाध्यक्षमा लम्सालको मनोनयन

पोखरा स्पोर्टस । कास्की जिल्ला भलिबल संघको उपाध्यक्षमा लेखनाथ लम्साललाई मनोनयन गरिएको छ ।

कास्की जिल्ला भलिबल संघले रिक्त उपाध्यक्ष पदमा लम्साललाई मनोनयन गरेको जनाएको हो । कास्की भलिबल संघको गत १८ गते सम्पन्न बैठकले उपाध्यक्ष पदमा मनोनयन गरिएको अध्यक्ष विष्णु बहादुर गुरुङले जानकारी दिए ।

उापध्यक्षमा मनोनय भएका लम्साल भलिबलका पूर्व राष्ट्रिय खेलाडीहुन् भने उनले स्वयंसेवी प्रशिक्षकको भूमिका समेत निर्वाह गरिरहेका छन् । गण्डकी विश्वविद्यालयमा खेलकुद व्यवस्थापन विषयमा स्नातक तहमा अध्ययनरत उनी लामो समय देखि भलिबलमा आवद्ध छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close