भलिबल प्रशिक्षक चन्दलाई सम्मान सहित बिदाई

पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभाग अन्तरगत कार्यरत नायव बरिष्ठ भलिबल प्रशिक्षक जयन्द्र बहादुर चन्दलाई मंगलबार एक कार्यक्रमविच विभागका निर्देशक अर्जुन बि.क.ले मायाको चिनोले सम्मान गर्दै बिदाई गरेका छन् ।

चन्दलाई पूर्व निर्देशक एवं बरिष्ठ भलिबल प्रशिक्षक हरिहर श्रेष्ठले सम्मान पत्र प्रदान गर्दै विदाई गरेका हुन् । सो अवसरमा अर्का पूर्व निर्देंशक पार्थ सारथी सेन गुप्तको पनि उपस्थिती रहेको थियो ।

बि.सं. २०५२ आश्विन १ गते राष्ट्रिय खेलकुद परिषदमा भलिबल सहायक प्रशिक्षकको रुपमा सेवा प्रवेश गरेका चन्दले उमेर हदका कारण आजैबाट अनिवार्य अवकास प्राप्त गरेका हुन् । चन्दलाई सम्मान सहित बिदाई गर्दै निर्देशक बि.क.ले लामो समय एकै ठाउँमा कार्य गर्दा सेवाका सिलसिलमा कहिले काँही तिता मिठा कुरा भए त्यसलाई मनमा नलिन भन्दै अवकास प्राप्त गर्दै गरेका चन्दको अनुभवलाई आगामी दिनमा पनि खेलकुदको विकास र विस्तारमा प्रयोग गर्ने बताए ।

यस्तै अवकास प्राप्त गर्दै गरेका चन्दले सेवाका सिलसिलमा भएका गल्ती कमजोरीलाई अन्तरमनमा नलिन भन्दै खेलकुदको विकास र विस्तारमा आफु सदा लाग्ने बताए ।

बिदाई कार्यक्रममा विभाग अन्तरगतका उपनिर्देशक, प्रशिक्षक तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close