
पोखरा स्पोर्टस । कास्की बडिबिल्डिङ एण्ड फिटनेश एसोशिएसनको आयोजना तथा पोखरा महानगरपालिका ३ को विशेष सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकन भएको छ ।
पोखरा महानगरपालिका ३ को कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा प्रमुखअतिथी पोखरा महानगरपालिकाक ३ का वडा अध्यक्ष प्रकाशमान उदासले २७ पटक रक्तदान गरेका रक्तदाता युवराज आचार्यलाई व्लड-व्याग हस्तान्तरणगरेर कार्यक्रमको सुभारम्भ गरेका थिए ।
रक्तदान कार्यक्रममा वोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका ३ का वडा अध्यक्ष प्रकाशमान उदासले कास्की बडिबिल्डिङ एण्ड फिटनेश एसोशिएसनले अहिलेको विषम परिस्थितिमा पनि यस्तो पुन्य काम गरेकोमा धन्यवाद दिदै एसोशिएसनको अगुवाईमा गरिएको यो रक्तदान कार्यक्रममा पोखरा महानगरपालिका वार्ड न ३ कार्यालयले पनि मिलेर काम गर्न पाएकोमा एसोशिएसनलाई धन्यवाद दिएका थिए ।
कास्की बडिबिल्डिङ एण्ड फिटनेश एसोशिएसनका अध्यक्ष राकेश जोशीले एसोशिएसनले विभिन्न समयमा सामाजिक उतर उतरदायित्वका कामहरु गरिरहेको बताउदै रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान नगुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरीएको बताए ।
कार्यक्रममा एसोशिएसनका निर्वतमान अध्यक्ष राजकुमार थापा,एसोशिएसनका द्वितीय उपाध्यक्ष दिपक वास्तोला लगाएतले बोलेका थिए । कास्की बडिबिल्डिङ एण्ड फिटनेश एसोशिएसनका अध्यक्ष राकेश जोशीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन एसोशिएसनका सह सचिव तथा कार्यक्रम संयोजक प्रकाश पौडेलले सन्चालन गरेका थिए ।
कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरीएको थियो । साथै एसोशिएसनले हालै स्थानिय तहको चुनावमा पोखरा महानगरपालिका वडा नं ३ बाट निर्वाचित वडा अध्यक्ष लगाएत वडा सदस्यहरूलाई विशेष सम्मान गरेको थियो । कार्यक्रममा रक्त संचार केन्द्र पोखराको प्राविधिक टोलिले आवस्यक सामाग्री सहीत विशेष सहयोग गरेको थियो ।
