पोखरा स्पोर्टस् अवार्ड : पुन परिवारद्वारा खेल पत्रकार पुरस्कार प्रायोजन

पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शनिबार हुन लागेको पोखरा स्पोर्टस् अवार्ड –२०७८ मा सहयोग आउने क्रम जारी छ । सो अवार्ड कार्यक्रममा प्रदान गरिने उत्कृष्ट खेलकुद पत्रकार पुरस्कारको प्रायोजन सम्झौता भएको छ ।

पोखरा–१० रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारजनले पुरस्कार वापत ३५ हजार रुपैयाँ प्रायोजन गरेका हुन् । मञ्चका कार्यसमिति सदस्य समेत रहेका उमेश पुन स्व.सेनानी हेमबहादुरका नाति हुन् । पुन परिवारले स्पोर्टस् अवार्डमा हरेक वर्ष लगातार सहयोग गर्दै आएको छ ।

गण्डकी प्रदेशकै गौरव पोखरा स्पोर्टस् अवार्डमा यसपालि विभिन्न ७ विधामा अवार्ड प्रदान गरिनेछ । मञ्चले २०७९ असार १८ मा पोखरा सभागृहमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी ती विधामा अवार्ड प्रदान गर्नेछ ।

जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट खेल पत्रकारिता अवार्डमा नगदसहित अवार्ड वितरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close