
पोखरा स्पोर्ट्स । भारतले वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजको पहिलो खेल जितेको छ । खेलको तेस्रो दिन भारतले वेस्ट इन्डिजलाई एक इनिंग र १४० रनले पराजित गरेको हो ।
भारतले पहिलो इनिंगमा ५ विकेट गुमाउदै ४४८ रन बनाएपछि इनिंग घोषणा गर्दै वेस्ट इन्डिजलाई दोस्रो इनिंगको ब्याटिंग गर्न बोलाएको थियो । दोस्रो इनिंगमा वेस्ट इन्डिज १४६ रन बनाएर अल आउट भयो ।
वेस्ट इन्डिजको ब्याटिंगलाई ध्वस्त गर्न भारतीय बलर रविन्द्र जडेजाले ४ विकेट लिए भने मोहमद सिराजले ३ र कुलदीप यादवले २ विकेट लिए । यस अघि वेस्ट इन्डिज पहिलो इनिंगमा १६२ रन बनाएर अल आउट भएको थियो ।
यो जितपछि भारतले २ खेलको टेस्ट सिरिजमा १-० को अग्रता बनाएको छ । अब सिरिजको दोस्रो खेल अक्टोबर १० देखि शुरु हुने छ ।
