
पोखरा स्पोर्टस । यहि असार १८ गते हुने छैटौं पोखरा स्पोर्टस अवार्डलाई टाइगर ग्रुप अफ पोखराले सघाउने भएको छ ।
पोखरामा हरेक वर्ष आमन्त्रण महिला तथा पुरुष क्लव स्तरिय राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने टाइगर ग्रुपले अवार्डलाई नगद २५ हजार प्रदान गरी सघाउने भएको हो । प्रदेशकै गौरव गर्ने कार्यक्रम मध्ये एक रहेको पोखरा स्पोर्टस अवार्डलाई पहिलो पटक सघाउन पाउँदा आफूलाई गौरव महशुस भएको संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले बताएका छन् ।
‘यो कार्यक्रम हामी खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण छ हामी सामाजिक अभियानमा काम गर्ने संस्था लगायत हरेक क्षेत्रले यसको सफलता मात्रै नभई प्रदेशको गौरव बढाउन समेत सहयोग गर्नुपर्छ’– पोखरा महानगरका वरिष्ठ कानुन अधिकृत समेत रहेका शर्माले भने । उनले अवार्डका लागि सानो सहयोग प्रदान गरी साथ दिन पाउँदा आफू सहित सम्पूर्ण कार्यसमिति नै हर्षित भएको जनाए ।
विश्व खेलकुद पत्रकार दिवसको अवसर पारेर मञ्च गण्डकीले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ, उत्कृष्ट उदियमान खेलाडी र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने महासचिव पौडेलको भनाई छ । कार्यक्रम सम्पन्न गर्न करिव ३० लाख खर्च हुने जनाइएको छ ।
अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, एम ए कस्ट्रक्सन प्रालि, सहारा क्लब पोखरा, नेपाल भूतपुर्व खेलाडी मञ्च, तमु धिं युके, आव्या क्लब, होटल पौवा लेकसाइड, जु जु वेर्यस, सिटीवान टेलिभिजन, पोखरेली मञ्च युके, चिल्लिबार एण्ड रेष्टुरेन्ट, साइमन पार्टी प्यालेस, टाइगर गुप्र अफ पोखरा, वर्ल्डलिंक, फिस्टेल हस्पिटल, युनाइटेड क्लब, अमेरिकाबाट सरिता गुरुङ, जापानबाट पूर्व अध्यक्ष मोहन घले, पूर्व अध्यक्ष प्रेमनारायण न्यौपाने, मनकामना पेट्रोलपम्प, सिटीजन फर्निचर लगायतले सहयोग गरेका छन् ।
त्यसै गरी फिसटेल हस्पिटल गैर्हापाटन, लाइफ केयर हस्पिटल, स्टेशन, शितल ज्योती यूवा क्लवले समेत सहयोग गर्ने भएको मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठले जानकारी दिए ।
अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमिति मार्फत कामलाई तिव्रता दिएको छ । मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।
