विश्व गोजुरियो करातेमा सहभागी हुन नेपाली टोली मलेसियातर्फ

पोखरा,
पाँचौं विश्व गोजुरियो कराते च्याम्पियनसिप सहभागी हुन १६ सदस्यीय नेपाली टोली मंगलबार मलेसियातर्फ प्रस्थान गरेको छ । यही असोज २ देखि ६ गतेसम्म मलेसियाको क्वालालम्पुरमा आयोजना हुने च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

च्याम्पियनसिपमा सुमन तिमिल्सिनाले सिनियर कातामा प्रतिस्पर्धा गर्ने छन् । यसैगरी राजु पौडेलले भेट्रान कुमुते, दीपेश अधिकारीले ५० केजी तौल समूहको कुमुतेमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै निरज घिमिरेले ४५ केजी, नीता तामाङले ५५ केजी, सुरज तामाङले ६५ केजी, सरोज कार्कीले ७५ केजी, सरलराज तामाङले ५५ केजी, करुणा कामीले ५० केजी, आरती गुरुङले ५५ केजी र सुमिना थापा मगरले ५० केजी तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

उक्त प्रतियोगितामा सहभागि टिम अफिसियलमा रोहित क्षेत्री, डेभिड गुरुङ, सजना कुँवर, सपना कार्की र राजीव श्रेष्ठ छन् ।

नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी सुमन तिमल्सिनाले निर्वाह गर्ने छन् । टोलीलाई जापान गोजुरियो कराते डो केन्बोकाइ संघका अध्यक्ष विदुर कुँवरले मंगलबार नै बिदाइ गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close