
पोखरा स्पोर्टस/तस्बिर : सुुदर्शन रञ्जित । देशकै ठूलो रंगशाला पोखरा रंगशालामा यति बेला पाँचौ संस्करणको टाइगर कप भलिबल प्रतियोगिता जारी छ । सो प्रतियोगिता आइतबार सम्पन्न हुनेछ । यसै गरी मोफसलमा नै निरन्तर सञ्चालन रहि इतिहासमा दर्ज हुन सफल २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकप यहि माघ २२ गते देखि फागुन ३ गते सम्म सञ्चालन हुनेछ । त्यस्तै फागुन ३ गते नेपाल कै जेठो र सर्वाधिक पुरस्कारको राशीको १९ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन पोखरा रंगशालामा नै हुनेछ । ४१७ रोपनी क्षेत्रफलमा फैलिएको पोखरा रंगशाला १६ भन्दा बढि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु एकैपटक सञ्चालन हुने क्षमता रहेको छ ।

